अनुसन्धान

‘खानपानमा केही परिवर्तन गरेर ४० प्रकारका दीर्घ रोगबाट सुरक्षित रहन सकिन्छ’

बिरुवामा आधारित आहारले दीर्घकालीन स्वास्थ्य परिणामहरू राम्रो देखाएको छ । यो विशेष गरी मोटो पना कम गर्न र यस सँग सम्बन्धित धेरै रोगहरू रोक्नको लागि लाभदायक विधि हुन सक्छ ।


फ्रन्टियर्स इन न्युट्रिसनमा हालै प्रकाशित अध्ययनको आधारमा अनुसन्धान कर्ताहरूले भनेका छन् कि खानपानमा केही परिवर्तन गरेर करिब ३५–४० प्रकारका दीर्घकालीन रोगहरू र तिनका कारकहरूबाट सुरक्षित रहन सकिन्छ । यसका लागि आहारमा वनस्पति जन्य वस्तुको मात्रा बढाउनु सबैभन्दा प्रभावकारी उपाय हुन सक्छ ।

बिरुवामा आधारित आहारले दीर्घकालीन स्वास्थ्य परिणामहरू राम्रो देखाएको छ । यो विशेष गरी मोटो पना कम गर्न र यस सँग सम्बन्धित धेरै रोगहरू रोक्नको लागि लाभदायक विधि हुन सक्छ ।

अध्ययनहरूले देखाउँछ कि बोट आधारित आहार उपभोग गर्ने बानी तौल नियन्त्रण गर्न र मेटाबोलिज्म विकारहरू रोक्न विशेष रूपमा लाभदायक हुन सक्छ ।

करिब ४० प्रकारका गम्भीर स्वास्थ्य समस्याका लागि बढी तौल र मेटाबोलिजम सम्बन्धी डिसअर्डर जिम्मेवार रहेको पाइएको छ ।

अध्ययनको समीक्षामा, चीनको शांदोंग विश्वविद्यालयको क्यूलु अस्पतालका अनुसन्धान कर्ताहरूले पत्ता लगाए कि बोट आधारित आहार बढी खाने मानिसहरूमा मोटो पना, मधुमेह, मुटु रोग, रक्तचाप जस्ता तीव्र गतिले बढ्ने रोगहरूको तुलनात्मक रूपमा कम जोखिम हुन्छ ।

अध्ययनको विश्लेषणले तौल घटाउन र मुटुको रोकथामका लागि बोट बिरुवामा आधारित खाने कुराको खपत बढाउन सिफारिस गर्छ । यसका अनुसार शाकाहारी र वेगन डाइटको सेवनले कोलेस्ट्रोलको स्तरलाई राम्रो सँग व्यवस्थापन गर्न, मुटु र मस्तिष्क लाई बलियो बनाउन, पाचन प्रणाली र प्रतिरक्षा प्रणालीको बलियो पना मा निकै फाइदा पुग्ने देखिएको छ ।

यसको अर्थ यो होइन की मांसाहारी खाना खानु हुँदैन, तर मासु जन्य वस्तुको खपत सके सम्म कम गर्दा स्वास्थ्यमा ठूलो असर पर्ने विज्ञहरूले सुझाव दिएका छन् ।

तौल घटाउने सबैभन्दा फाइदा जनक तरिका

तौल घटाउनका लागि वनस्पतिमा आधारित आहार सबैभन्दा फाइदा जनक हुने विज्ञहरूले बताएका छन् । १८ देखि ८२ वर्ष उमेरका २२२३ व्यक्तिहरूको डेटा विश्लेषण गरी २४ अध्ययनहरूको समीक्षा गरिएको थियो । यसका अनुसार अधिक शाकाहारी आहार विशेष गरी वनस्पति जन्य खाने कुरा खाने सहभागीको तौल छिट्टै घटेको र नियन्त्रणमा राख्दा अण्डा र मांसाहारी खाना खानेमा तौल घट्ने दर कम देखिएको थियो ।

काँचो तरकारीको उच्च उपभोग मोटो पना र मुटु रोगको जोखिम कम गर्न सबैभन्दा बढी फाइदा जनक रहेको पाइएको छ । अध्ययनको निष्कर्षमा, अनुसन्धान कर्ताहरूले रिपोर्ट गरे कि काँचो तरकारीहरूमा फाइटोस्टेरोल र असंतृप्त फ्याट जस्ता यौगिकहरू हुन्छन् जसले कोलेस्ट्रोलको स्तर घटाउँछ । जबकी क्यारोटीनोइड्स, सैपोनिन र फ्लेभोनोइड्स जस्ता पदार्थहरूमा एन्टी–इन्फ्लेमेटरी र एन्टिअक्सिडेन्ट गुणहरू हुन्छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!