बढी चिन्ता गर्नु मानसिक मात्र नभइ शारीरिक स्वास्थ्यको लागि समेत खतरनाक


निरन्तर विकसित हुने घटनाहरूको मानसिक र शारीरिक स्वास्थ्य मा गम्भिर प्रभाव पर्न सक्छ । चिन्ताले हाम्रो मानसिक र शारीरिक स्वास्थ्यमा नराम्रो असर पार्छ । त्यो चाहे व्यक्तिगत, सार्वजनिक वा व्यावसायिक कुनै पनि प्रकार को होस ।

एक नयाँ अनुसन्धानले चेतावनी दिएको छ कि यदि तपाई लगातार समाचारमा डुबी राख्नु हुन्छ भने तपाई तनाव, चिन्ता सँग सँगै खराब शारीरिक स्वास्थ्य सँग पीडित हुने सम्भावना बढी हुन्छ ।

पियर रिव्यु जर्नल हेल्थ कम्युनिकेसन मा प्रकाशित अध्ययनमा भनिएको छ की निरन्तर विकसित हुने घटनाको मानसिक र शारीरिक स्वास्थ्य मा गम्भिर प्रभाव पर्न सक्छ ।

टेक्सास टेक युनिभर्सिटीका एसोसिएट प्राध्यापक एवं अध्ययनकर्ता ब्रायन मैकलाघलिन ले भने कि यी  घटनाहरूलाई समाचारमा पढदा , हेर्दा केही व्यक्तिमा निरन्तर ‘हाइ एलर्ट’को स्थिति आउन सक्छ ।

उनीहरू निरन्तर समाचारमा ध्यान दिन्छन् र जिज्ञासा शान्त गर्न सँधै अपडेटको जाच गर्छन । तर यस्तो गर्नाले उनीहरूको जीवनको अन्य पाटोमा  हस्तक्षेप शुरु हुन्छ ।

मैकलाघलिनको टोलीले यस्तो गर्न १ हजार १ सय वयस्कको बिच अनलाइन सर्वेक्षण गरेका थिए । सर्वेक्षणमा सामिल १६.५ प्रतिशत व्यक्तिले बताए की उनीहरू धेरै जसो समाचारमा यति डुब्छन् की उनीहरूको लागि अन्य वस्तु, परिवार र साथी को लागि समय नै रहदैन ।यस कारण उनीहरूको अन्य काममा ध्यान केन्द्रित गर्न समस्या भएको छ ।यो सँगै बेचैनी र निन्द्राको समस्याले समेत सताएको छ ।

मैकलाघलिन ले भने की निष्कर्ष वताउछ की व्यक्तिमा समाचार सँग एउटा स्वस्थ सम्बन्ध विकास गर्न सघाउन मिडिया साक्षरता अभियान आवश्यक छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!