भारत सहित १६ देशमा घातक हाइपर भाइरुलेन्ट क्लेब्सिएला निमोनियाँ, डब्लुएचओले ले गर्यो सतर्क

स्वस्थ व्यक्तिकाे ज्यान जोखिममा पार्ने घातक सङ्क्रमण निम्त्याउन सक्ने यो सङ्क्रमण अस्पतालमा भर्ना भएका बिरामी र सर्वसाधारण दुवैमा फैलिन सक्छ।


काठमाडौं– विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले हाइपर भाइरुलेन्ट क्लेब्सिएला निमोनियाँ (एचवीकेपी) नाउ गरेको एक नयाँ घातक रोगाणु लाई लिएर सबै मुलुकहरूको लागि चेतावनी जारी गरेको छ ।

यो एक कीटाणु हो जसले स्वस्थ व्यक्तिहरूमा ज्यान जोखिममा पार्ने घातक सङ्क्रमण निम्त्याउन सक्छ । यो सङ्क्रमण अस्पतालमा भर्ना भएका बिरामी र सर्वसाधारण दुवैमा फैलिन सक्छ ।

डब्लुएचओ ले यो जानकारी १२७ मध्ये ४३ देशबाट जानकारी सङ्कलन गरी दिएको हो । छिमेकी मुलुक भारत लगायत ४३ मध्ये १६ देशमा एचवीकेपी रोग जनकका केसहरू पुष्टि भएका छन् ।

डब्लूएचओ को अनुसार हाल सम्म अल्जेरिया, अर्जेन्टीना, अष्ट्रेलिया, क्यानेडा, कम्बोडिया, हङकङ, भारत, इरान, जापान, ओमान, पपुवा न्युगिनी, फिलिपिन्स, स्विजरल्याण्ड, थाइल्याण्ड, ब्रिटेन र उत्तरी आयरल्याण्डको साथै संयुक्त राज्य अमेरिकामा केसहरू रिपोर्ट गरिएको छ ।

यी बाहेक, यो रोग जनक को नयाँ स्ट्रेन ‘एसटी २३ के १’ समेत देखिएको छ । यी देशहरूमा भारत, अल्जेरिया, अर्जेन्टीना, अष्ट्रेलिया, क्यानेडा, इरान, जापान, ओमान, फिलिपिन्स, स्विजरल्याण्ड, थाइल्याण्ड र बेलायत समावेश छन् ।

यसरी झुक्काउँदै नयाँ रोगाणु

डब्ल्यूएचओले अस्पतालमा भर्ना भएका बिरामीहरूमा क्लेब्सिएला निमोनियाँ नामक सङ्क्रमण सामान्य रहेको बताएको छ । यसको दुई रूपहरू छन्, पहिलो हाइपर भाइरुलेन्ट क्लेब्सिएला निमोनिया (एचवीकेपी) र दोस्रो क्लासिक के निमोनिया (सीकेपी)।

यहा सबैभन्दा ठूलो चुनौती के हो भने हाल हामी सँग भएका प्रयोगशालाहरू यी दुवै बीच अन्तर छुट्याउन असमर्थ छन् । कार्बेपेनम प्रतिरोधको कारणले गर्दा जब कुनै बिरामीलाई क्लेब्सिएला निमोनियाँको सङ्क्रमण भएमा र उसमा हाइ पर भाइरुलेन्ट स्ट्रेन समेत भएको अवस्थामा बिरामीको ज्यान को जोखिम कैयौँ गुणा बढ्न सक्छ ।

के हो क्लेब्सिएला निमोनियाँ ? 

डब्लुएचओको अनुसार क्लेब्सिएला निमोनियाँ इन्टरोव्याक्टेरियाइसिआइ परिवार सँग सम्बन्धित एक ग्राम नेगेटिभ ब्याक्टेरिया हो । यो वातावरणमा पाइन्छ (माटो, सतहको पानी र चिकित्सा उपकरणहरू सहित), स्तनधारीहरूको श्लेष्म झिल्लीमा र मानवहरूमा, यसले घाँटीको माथिल्लो भाग (नासोफरिन्क्स) र ग्यास्ट्रो इन्टेस्टाइनल ट्रैक्ट मा कोलोनी बनाउँछ ।

क्लेब्सिएला निमोनियाँ विश्वव्यापी रूपमा स्वास्थ्य सेवा संस्थाहरूमा प्राप्त संक्रमण हरूको एक प्रमुख कारण हो र यसलाई अवसरवादी रोगाणु मानिन्छ । किनकी यसले सामान्यतया अस्पतालमा भर्ना भएका वा इम्युनोकम्फ्रोमाइज्ड व्यक्तिहरूमा संक्रमण निम्त्याउँछ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!