अनुसन्धान

युवावस्थामा बढी तौलले भविष्यमा मुटु रोगको जोखिम


हालै गरिएको एक अध्ययन अनुसार २० वर्षको उमेर मा बढी तौल भएका युवा हरू लाई ६० वर्षमा थुप्रै स्वाभाविक स्वास्थ्य समस्याहरू सँगै मुटु रोगको सामना गर्नुपर्ने हुन सक्छ ।

युनिभर्सिटी कलेज लन्डन (यूसीएल) का वैज्ञानिकहरूले अध्ययन मा बढी तौल युवा र मध्यम उमेर समूह एवं मुटुको वृद्धि भएको आकारको बीच सम्बन्ध रहेको पाए । मुटुको आकार मा वृद्धि हुनाले रक्त सञ्चार को गति घट्छ। यो अनुसन्धान को निष्कर्ष युरोपियन हर्ट जर्नलमा प्रकाशित भएको हो ।

यूसीएल मा कार्डियोभास्कुलर फिजियोलोजी र फार्माकोलजी को प्राध्यापक एलन ह्युजेसले भने कि हामी लाई यो पहिले नै थाहा छ कि बढि तौलले स्वास्थ्यमा नकारात्मक असर गर्छ । हामी धेरै तौल र मुटु को क्षति को बीच दीर्घकालीन सम्बन्ध र यसको दुष्परिणाम बारे कमै परिचित थियौ ।

अनुसन्धान कर्ताहरूले बेलायतमा सन् १९४६ मा जन्मिएका १६९० मानिसहरू लाई समावेश गरे । सहभागीहरूको जाँच बडी मास इन्डेक्स (विएमआई), कम्मर र हिप को अनुपात र इसीजी को आधारमा गरियो ।

अनुसन्धान कर्ताहरूले २० वर्ष मा बढी तौल भएका हरू को ६० वर्षको अवस्थामा बायाँ वेंट्रिकुलर विस्तार भएको पाए । ४३ वर्षमा पाँच युनिट (एकाइ) बीएमआई बढी हुनाले बायाँ वेंट्रिकुलर को द्रव्यमान (मास) १५ प्रतिशत अर्थात् २७ ग्राम बढी पाइयो ।

अनुसन्धानकर्ताहरुले यो पनि बताएका छन् कि यो अध्ययन युरोपेली मानिसहरूमा गरिएको हो, हुनसक्छ विश्वव्यापी जनसङ्ख्यामा लागू नहोस् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!