अनुसन्धान

कडा व्यायामले वृद्ध व्यक्तिको स्मरण शक्ति बढाउँछ


एक अध्ययनका अनुसार साइकल चलाउने र पुश अप जस्ता उच्च तीव्रता अन्तराल तालिम (हाई इन्टेन्सिटी इन्टरभल ट्रेनिङ) ले वृद्धहरूमा स्मरण शक्ति लाई घट्न बाट मात्र रोक्दैन, लामो समय सम्म मस्तिष्कको कार्य प्रणाली लाई पनि राम्रो बनाउन सक्छ ।

अष्ट्रेलियाको क्विन्सल्याण्ड विश्वविद्यालयको अध्ययनल अनुसार ६ महिना सम्मको छोटो अन्तरालमा उच्च तीव्रताको व्यायामले बुज्रुक हरूलाई पाँच वर्ष सम्म सिकाइ र स्मरण जस्ता महत्वपूर्ण मस्तिष्क कार्यहरू बढाउन सक्छ ।

अध्ययनमा ६५ देखि ८५ वर्षका १५१ सहभागीहरू समावेश थिए जसमा कुनै सञ्ज्ञानात्मक कमी थिएन । यिनीहरूलाई व्यायामको तीन प्रकारका समूहमा विभाजन गरिएको थियो । हाई इन्टेन्सिटी इन्टरभल ट्रेनिङ , जसमा ट्रेडमिलमा अधिकतम परिश्रम साथ चार चक्र दौडनु र तेस्रो मध्यम मिडियम इन्टेन्सिटी इन्टरभल ट्रेनिङ – ट्रेडमिलमा तीव्र गतिले हिँड्नु र तेस्रो, कम (लो इन्टेन्सिटी इन्टरभल ट्रेनिङ) अर्थात् सन्तुलन र स्ट्रेचिङ व्यायाम । सहभागीहरूले ६ महिनाको लागि ७२ अभ्यास सत्रहरूमा भाग लिए ।

डा. ड्यानियल ब्ल्याकमोरले एमआरआई स्क्यानले व्यायामले स्मृतिको लागि जिम्मेवार जिम्मेवार मस्तिष्क क्षेत्र हिप्पोक्याम्पसमा संरचनात्मक र कनेक्टिभिटी परिवर्तन देखिएको बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!