इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले भन्छ

माटोको भाँडोमा खाना पकाउनु सबैभन्दा सुरक्षित


नयाँ दिल्ली – इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसिएमआर) ले माटोका भाँडाहरूलाई खाना पकाउनको लागि सबैभन्दा शीर्ष स्थानमा राखेको छ र यसलाई सुरक्षित मानेको छ।

आईसिएमआर गाइड लाइन्स अनुसार माटोको भाँडोमा कुनै पनि रसायन प्रयोग गरिदैन।  जसका कारण खानाको प्राकृतिक स्वाद हराउँदैन र पोषक तत्व पनि प्रशस्त मात्रामा उपलब्ध हुन्छ । तर, माटोका भाँडाहरू प्रयोग गर्नु अघि, तिनीहरूको सरसफाइमा विशेष ध्यान दिन आवश्यक छ।

आईसिएमआर ले मानिसहरू लाई किन नन-स्टिक प्यानमा खाना पकाउनु हुँदैन भनेर एक दिशानिर्देश समेत जारी गरेको छ । हालैको अनुसन्धानले नन-स्टिक भाँडाकुँडा प्रयोग गर्नु स्वास्थ्यका लागि हानिकारक साबित हुनसक्ने देखाएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!