अनुसन्धान

दिमागले निर्णय लिनु अघि नतिजाको कल्पना गर्छ


एउटा नयाँ अध्ययन अनुसार दिमागले निर्णय गर्न भविष्यको नतिजाको कल्पना गर्छ । अनुसन्धान कर्ताहरू भन्छन् कि मस्तिष्क को यी संयन्त्रहरूको गहिरो बुझाइले अन्ततः निर्णय गर्ने क्षमतालाई प्रभावित गर्ने विकारहरूको उपचारमा सहायक हुन सक्छ ।

अनुसन्धान कर्ता को अनुसार योजना बनाउने र निर्णय लिन महत्वपूर्ण मानिने मस्तिष्क को क्षेत्र प्रीफन्टल कर्टेक्स र सम्झनाहरू लाई याद राख्न सघाउने हिप्पोकैम्पसको बीच एक परस्पर क्रिया भविष्यको परिणामको कल्पना गर्छ । यो ठीक त्यस्तै हुन्छ जसरी बुद्घिचाल को खेलाडीले आफ्नो चालको कल्पना गर्छन् ।

अनुसन्धानको निष्कर्ष भर्खर नेचर न्युरो साइन्स जर्नलमा प्रकाशित भएको छ । न्यूयोर्क विश्वविद्यालयको मनोविज्ञान विभागका सहायक प्राध्यापक र अध्ययनको लेखक मार्सेलो मैटर को अनुसार प्रीफन्टल कर्टेक्स एक सिम्युलेटर को रूपमा काम गर्छ, जसले हिप्पो क्याम्पसमा एकत्रित सूचना लाई उपयोग गरेर सम्भावित क्रियाहरूलाई मानसिक रूपले परीक्षण गर्छ ।

मार्सेलोले भने कि मस्तिष्क संयन्त्रको गहिरो बुझाइले अन्ततः निर्णय गर्ने क्षमतालाई असर गर्ने विकारहरूको उपचारमा सुधार गर्न सक्छ । टोलीले अनलाइन भूलभूलैया मा नेभिगेट गर्दा मूल्याङ्कन गर्यो । टोलीले पत्ता लगायो कि यी नतिजाहरू एआई–आधारित मोडेलहरूबाट आउने नतिजाहरू जस्तै थिए ।

मार्सेलोले भने कि यो कामले कसरी मस्तिष्क सर्किटले हामीलाई राम्रो निर्णयहरू गर्न को लागि कार्य गर्नु अघि सोच्न सक्षम बनाउँछ भन्ने बारे मौलिक ज्ञान प्रदान गर्दछ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!