अनुसन्धान

इनर्जी ड्रिंकले मुटुको धड्कन अनियमित हुने खतरा


एक नयाँ अनुसन्धान अनुसार इनर्जी ड्रिंक पिउनाले मुटुको धड्कन अनियमित हुने खतरा बढ्ने गरेको छ । यो भविष्यमा घातक पनि हुन सक्छ । विशेष गरी मुटु सँग सम्बन्धित समस्या भएकाहरूले विशेष सावधानी अपनाउनु पर्छ ।

अमेरिकाको मेयो क्लिनिकका अनुसन्धान कर्ताहरूका अनुसार यसमा प्रचुर मात्रामा क्याफिन र अन्य चीजहरू पाइने कारणले मुटुको धड्कन र रक्तचाप बढ्छ ।

यो अनुसन्धान जर्नल हर्ट रिदम मा प्रकाशित भएको छ । अनुसन्धानले भन्छ कि इनर्जी ड्रिंक्स प्रति सर्भिङ्गमा क्याफिनको मात्रा ८० मिलि ग्राम देखि ३०० मिलि ग्राम सम्म हुन्छ, जबकि एक कप कफीमा औसत रुपमा यो मात्रा १०० मिलिग्राम हुन्छ । यस मध्ये अधिकांश इनर्जी ड्रिंक्समा क्याफिनको अतिरिक्त, टारिन र ग्वाराना जस्तो अन्य उत्तेजक तत्व हुन्छन्, जो  अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) द्वारा प्रतिबन्धित छ ।

यो अनुसन्धान कार्डियाक अरेस्ट (एक्कासि मुटु ले काम गर्न छोड्नु) वाट बाँचेकाहरूको अनुसन्धानमा आधारित छ । १४४ जना कार्डियाक अरेस्ट वाट बाँचेकाहरूको एक समूहको परीक्षण गरिएको थियो, जसमध्ये सात बिरामीहरू (५ प्रतिशत) ले कार्डियाक अरेस्टको समयमा एक वा एक भन्दा बढी इनर्जी ड्रिंक्स सेवन गरेका थिए ।

अनुसन्धान कर्ता ले भने कि यसले क्याफिन खपत र यी पेय पदार्थमा अतिरिक्त अनियमित सामग्रीहरूको सम्भावित संयुक्त प्रभाव को बारेमा चिन्ता उत्पन्न गर्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!