अनुसन्धान

अत्यधिक नुन सेवनले छालामा एक्जिमाको खतरा बढ्छ


एक नयाँ अनुसन्धान अनुसार शरीरमा सोडियमको अधिक मात्राले एक्जिमाको जोखिम बढाउन सक्छ । सोडियम सामान्यतया खानामा नुनबाट प्राप्त हुन्छ । एक्जिमा छाला सुन्निने रोग हो, जसमा शरीरमा सुक्खा र चिलाउने दाग देखिन्छ।

अनुसन्धानको नतिजा हालै द जर्नल अफ द अमेरिकन मेडिकल एसोसिएसन (जामा) मा प्रकाशित भएको छ । यद्यपि, अघिल्लो अध्ययनहरूले देखाएको छ कि छालामा सोडियमको उपस्थितिले अटोइम्युन र सुन्याइ को अवस्थाहरू निम्त्याउन सक्छ, जसमा एक्जिमा पनि पर्छ ।

तर एक नयाँ अध्ययनले यो खतरालाई प्रस्ट पार्दै आवश्यक मात्रा भन्दा एक ग्राम अतिरिक्त सोडियमले एक्जिमाको जोखिम २२ प्रतिशतले बढाउने देखाएको छ ।

रेस्टुरेन्टहरूमा, हामी एक ग्राम सोडियम लाई आधा चम्चा नुनको रूपमा अनुमान गर्न सक्छौं । फास्टफुडको अम्मलले सोडियमको मात्रा बढाउँछ यसले एक्जिमाको जोखिम मा बृद्घि हुन्छ । जसले किशोर किशोरीहरूलाई बढ्दो असर गरिरहेको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को सिफारिस अनुसार दैनिक दुई ग्राम भन्दा कम सोडियम शरीरको स्वास्थ्यका लागि राम्रो हुन्छ । त्यही, बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) का अनुसार, प्रति दिन २.३ ग्राम सोडियम ठीक छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!