चिकित्सा शास्त्र अध्ययन संस्थान

‘आइओएम डीन नियुक्तमा ढिला-सुस्ती नगर्न उपकुलपति लाई अनुरोध’


काठमाडौं– महाराजगञ्ज चिकित्सा क्याम्पस एकाइ को प्राध्यापक संघले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को डिन नियुक्तिको विषयमा ढिला-सुस्ती नगर्न त्रिविका उपकुलपतिलाई अनुरोध गरेको छ ।

प्राध्यापक संघले आइओएमको डीन प्रा.डा.दिव्या सिंह शाहको पदावधि ११ दिन पछि समाप्त हुने भए पनि हाल सम्म खोज समिति गठन, तथा कार्य विधिको विषयमा आफूहरूलाई कुनै जानकारी नआएको विषयमा बिहीवार त्रिविका उपकुलपतिलाई लिखित ध्यानाकर्षण गराएको छ ।

एकाइको कार्यवाहक सभापति डा.गोपाल सेडाई द्वारा हस्ताक्षरित पत्रमा देशको चिकित्सा शिक्षाको अध्ययन, अनुसन्धान तथा सेवामा उल्लेखनीय योगदान रहेको त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानको प्रभावशाली ओहदा डीन पदको नियुक्तिमा देखिएको त्रिभुवन विश्वविद्यालयको ढिला-सुस्ती साहै नै दुःखद रहेको उल्लेख छ ।

खोज समितिको गठन गर्नुहुन तथा निष्पक्ष एवं वैज्ञानिक मापदण्ड भएको चयन कार्यविधि निर्माण गरेर सो सम्बन्धी सार्वजनिक सूचना जारी गरी डिन नियुक्ति प्रक्रियालाई न्यायिक ढंगले तदारुकताका साथ अगाडि बढाउन समेत एकाइले आग्रह गरेको हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!