कङ्ग्रेसनल मेडल र फिजिसियन अफ द इयर अवार्ड

संयुक्त राज्य अमेरिकामा नेपाली–अमेरिकी चिकित्सक डा चन्द्र प्रकाश चटौत सम्मानित


इलिनोइस (अमेरिका) –अमेरिकी कंग्रेसले डा चन्द्र प्रकाश चटौत लाई कङ्ग्रेसनल मेडल र फिजिसियन अफ द इयर अवार्डबाट सम्मानित गरेको छ ।

यो पुरस्कार इलिनोइसका संयुक्त राज्य अमेरिकाका कंग्रेस म्यान डैनी के. डेभिसले नेपरभिल, इलिनोइसमा १३ औं वार्षिक अमेरिकी मल्टी एथिनिक कमिसन कांग्रेशनल ग्लोबल अवार्डस गाला मा प्रदान गरेका थिए । डा चटौत कुक काउन्टी हेल्थ, सिकागोमा चिकित्सक र रश मेडिकल कलेज, सिकागोमा मेडिसिनका एसोसिएट प्राध्यापक हुन् ।

२५ वर्षभन्दा लामो समयदेखि क्लिनिकल मेडिसिन, सामुदायिक सेवा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्यार्थी तथा चिकित्सकहरूको मेन्टरशिपको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै उनलाई यो सम्मान प्रदान गरिएको हो ।

डा चटौत ढाका विश्वविद्यालयका स्नातक हुन् र उनले यसअघि त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालमा सेवा गरि सकेका छन् । उनी अमेरिका नेपाल मेडिकल फाउन्डेसन मार्फत नेपालमा स्वास्थ्य सेवा सुधार गर्न सक्रिय रूपमा सामेल छन् । उनी एक एक पाइला हेल्थ क्लिनिक, काठमाडौंका संस्थापक सदस्य र नेपाल चिकित्सक संघ (जेएनएमए) जर्नलका अन्तर्राष्ट्रिय सम्पादक समेत हुन्।

डा चटौत ले चिकित्सा र समुदायमा गरेका योगदानको कदर गर्दै थुप्रै पुरस्कार समेत प्राप्त गरेका छन् । उनलाई ढाका विश्वविद्यालयले स्वर्ण पदक, नेपाल सरकारबाट महेन्द्र विद्या भूषण पदक, रश मेडिकल कलेज र कुक काउन्टी अस्पतालले उत्कृष्ट शिक्षक पुरस्कार र कुक काउन्टी अस्पताल र इलिनोइस राज्य सचिवबाट मानवतावादी पुरस्कारले समेत सम्मानित गरिएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!