अनुसन्धान

राम्रो निन्द्राले युवाहरूको एक्लोपन हटाउन सघाउँछ


राम्रो निन्द्राले अन्य धेरै स्वास्थ्य सम्बन्धी समस्या सँगै एक्लो पन कम गर्न सहायक हुने एक अनुसन्धानले देखाएको छ । निन्द्राको कमी सबै उमेरका मानिसहरूलाई असर गरे पनि सबैभन्दा ठूलो प्रभाव युवाहरूमा देखिन्छ ।

अनुसन्धानका क्रममा पत्ता लागेको जानकारी स्लिप २०२४ को वार्षिक बैठकमा प्रस्तुत गरिएको थियो । यसमा राम्रो निन्द्रा को सम्बन्ध एक्लो पन कम गर्न मा सहयोगी छ । यसमा भावनात्मक र सामाजिक दुबै प्रकार को एक्लो पन समावेश छ । उसो त यो सबै उमेरका मानिसमा प्रभावकारी हुन्छ तर राम्रो निन्द्राको बढी फाइदा युवामा देखिएको छ ।

वासिङ्गटन स्थित नेशनल स्लिप फाउन्डेसन सँग सम्बद्ध जोसेफ डेजिएर जेव्स्की ले आजको समयमा एक्लो पन प्रमुख स्वास्थ्य समस्याको रूपमा देखा परेको बताए । यो समयमै बुझ्न र उचित उपचार गर्न आवश्यक छ ।

यस अनुसन्धानमा २२९७ वयस्कहरू ले भाग लिए । ती मध्ये आधाभन्दा बढी पुरुष थिए । उनीहरूलाई एक्लो पन र निन्द्राको बारेमा धेरै प्रश्न सोधिएको थियो । अनुसन्धान कर्ताहरूले धेरै मापदण्डहरूमा उनीहरूका जबाफहरू अध्ययन गरेपछि यो निष्कर्षमा पुगेको हो । तर, किन युवाहरूमा राम्रो निन्द्रा फाइदा जनक हुन्छ भन्ने प्रश्नको जबाफ शोध कर्ताहरूले पाउन सकेनन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!