अनुसन्धान

अत्यधिक गर्मीले गर्भमा रहेको बच्चालाई समेत खतरा

तापक्रम एक डिग्री बढ्दा समय पूर्व डिलिवरीमा एक प्रतिशत वृद्धि


अमेरिकामा हालै गरिएको एक अनुसन्धान अनुसार बढ्दो तापक्रम र गर्मीको लहर सबैका लागि हानिकारक भए पनि गर्भवती महिला र गर्भमा रहेका बालबालिका बढी जोखिममा हुन्छन् ।

अध्ययन अनुसार बढ्दो तापक्रमका कारण समय पूर्व सुत्केरी हुने जोखिम समेत बढ्दै गएको छ । प्रत्येक एक डिग्री सेल्सियस तापक्रम बढे सँगै समय पूर्व जन्मिने शिशुको संख्या समेत एक प्रतिशतले बढ्छ ।

अमेरिकाको नेवादा विश्वविद्यालय सँग सम्बद्ध अनुसन्धान कर्ताहरूको नेतृत्वमा गरिएको यस अध्ययनको नतिजा जामा नेटवर्क ओपन जर्नलमा प्रकाशित भएको छ ।

३० वर्ष वा सोभन्दा कम उमेरमा आमा बन्ने महिलामा ‘लु’ को कारण समय अघि जन्मिने घटना बढी हुने अनुसन्धानले देखाएको छ । यो अध्ययन अमेरिकाको ५० ठूला महा नगरीय क्षेत्रमा जन्मेका बालबालिकामा आधारित छ । यसमा अनुसन्धान कर्ताहरूले सन् १९९३ देखि २०१७ सम्म जन्मिएका ५.३१ करोड बालबालिकाको जन्म सँग जोडिएको परिस्थितिको विश्लेषण गरेका छन् । लगातार चार दिनभन्दा बढी समय सम्म स्थानीय तापक्रम असामान्य रूपमा तातो हुँदा समय पूर्व जन्मिने शिशुको संख्या बढेको देखिएको छ ।

समय अगावै जन्मिने मा स्वास्थ्य समस्या 

समय अघि जन्मिएका बालबालिकामा स्वास्थ्य सम्बन्धी धेरै समस्याहरू भेटिएका छन् । जसका कारण बच्चाको विकास राम्रो सँग हुन सक्दैन जो उनीहरूको मृत्यु को कारण बन्न सक्छ । साथै, यसका कारण बच्चाहरूले जीवनभर स्वास्थ्य सम्बन्धी जटिलताहरूको सामना गर्नुपर्ने हुन सक्छ । यसमा श्वासप्रश्वास, मानसिक स्वास्थ्य र व्यवहार सम्बन्धी समस्याहरू समावेश छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!