अनुसन्धान

माछा तेलको सप्लिमेन्टले हृदय घात, स्ट्र्रोक, मुटु रोगको जोखिम


हालै गरिएको एउटा अध्ययन अनुसार फिस ओइल (माछाको तेल) सप्लिमेन्ट  मुटु स्वास्थ्यको लागि हानिकारक छ । जसका कारण हृदय घात र स्ट्रोक जस्तो खतरनाक मुटु र रक्त नलीको रोग हुने खतरा रहन्छ । यो घातक पनि हुन सक्छ । अर्थात् मानिसले मुटुको लागि स्वस्थ मान्ने कुरा हृदय घात र स्ट्रोक को जोखिम बढ्दै गएको छ ।

ओमेगा ३ फ्याटी एसिडले भरिपूर्ण माछाको तेलको सप्लिमेन्टले मुटु रोगबाट बचाउन फाइदाजनक मानिए पनि हालै गरिएको यो अध्ययनले चकित पार्ने खुलासा गरेको हो ।

ब्रिटिस मेडिकल जर्नल (बिएमजे) मा प्रकाशित नया अध्ययन अनुसार दैनिक माछाको तेलको सप्लिमेन्ट उपभोग गर्नेहरूलाई स्ट्रोकको जोखिम अरूको तुलनामा ५ प्रतिशत बढी हुन्छ, जबकी एट्रियल फाइब्रिलेसनको जोखिम १३ प्रतिशत सम्म बढ्न सक्छ । एट्रियल फाइब्रिलेसनले मुटुको धड्कन बढ्छ र छातीमा असुविधा हुन्छ । स्ट्रोकमा, अक्सिजन युक्त रगत मस्तिष्कमा राम्ररी पुग्दैन, जसका कारण मस्तिष्क कोषहरू नष्ट हुन थाल्छ।

नया अध्ययनमा, बेलायती अनुसन्धान कर्ताहरूले जम्मा ४ लाख १५ हजार  मानिसहरूको जबाफको विश्लेषण गरेर यो खतराहरू वर्णन गरे । यी सप्लिमेन्ट मुटु रोगीका लागि राम्रो र फाइदा जनक हुने उनको विश्वास छ । उनीहरूको मान्यता अनुसार यो सप्लिमेन्ट मुटु रोगी हरुको लागि राम्रो र फायदा कारी समेत हुन सक्छ तर स्वस्थ व्यक्ति लाइ यसबाट बाच्ने आवश्यकता छ ।

मुटु रोग विशेषज्ञ चिकित्सकिय पुर्जा विना (ओभर द काउन्टर) प्राप्त हुने  फिस ओइल सप्लिमेन्ट खाने सल्लाह दिँदैनन् । मानिसहरूले आफ्नो इच्छा अनुसार खान्छन् । यसो गर्नु घातक पनि हुन सक्छ ।

माछाको तेलको सप्लिमेन्ट कति हानिकारक?

यो अनुमान गरिएको छ कि अमेरिकामा, ६० वर्ष भन्दा माथिका लगभग २० प्रतिशत मानिसहरू माछाको तेलको सप्लिमेन्टस को प्रयोग गर्छन् । मुटुको स्वास्थ्यका लागि राम्रो हुने उनीहरूको विश्वास छ । यद्यपि, यो उनीहरूको मुटुको स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । स्वस्थ व्यक्तिहरूमा, यसले स्ट्रोक र धेरै मुटु रोगहरूको जोखिम बढाउँछ । चिकित्सकको सल्लाह बिना माछाको तेल वा त्यसबाट बनेको सप्लिमेन्ट खानुहुदैन भन्ने स्वास्थ्य विज्ञहरू बताउँछन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!