अनुसन्धान

गर्मीको दिनमा स्वास्थ्य समस्याको जोखिम दोब्बर हुन्छ


एक नयाँ अध्ययन अनुसार सबैभन्दा गर्मीको दिनहरूमा मधुमेह, ब्लड प्रेसर जस्तो मेटाबोलिक विकार र मोटो पना ले पीडित व्यक्तिको लागि अस्पतालमा भर्ना हुने जोखिम दोब्बर हुन्छ । यो अनुसन्धानको नतिजा भर्खरै इन्भाइरोन्मेन्टल हेल्थ पर्स्पेक्टिभ जर्नलमा प्रकाशित भएकोछ ।

अनुसन्धान कर्ताहरूले स्पेनमा गर्मीको समयमा उच्च तापक्रमका कारण अस्पताल भर्ना भएकाहरूको विश्लेषण गरेका हुन । अनुसन्धान अनुसार अत्याधिक गर्मी ले उक्त स्थिति भएका व्यक्ति लाई असर गरेको पाइयो ।

गर्मी को कमी को प्रतिक्रिया मोटो व्यक्तिहरूमा कम कुशलतापूर्वक काम गर्दछ, किनभने शरीरको बोसोले इन्सुलेटरको रूपमा काम गर्दछ । यसले तिनिहरूलाई गर्मी सम्बन्धित विकारहरूको लागि संवेदनशील बन्छन् । अनुसन्धान अनुसार वायु प्रदूषणको उच्च स्तरले मधुमेह लगायत यी अवस्था भएका मानिसहरूलाई अस्पताल भर्ना हुने जोखिम बढाउँछ ।

अनुसन्धान कर्ताहरूलाई सन २००६ देखि सन २०१९ को बीचमा स्पेनको ४८ प्रान्त र भूमध्यसागरमा पूर्वी स्पेनका वेलिएरिक द्विप समूह वाट १ करोड १२ लाख व्यक्ति लाई अस्पतालमा भर्ना हुने तथ्याङ्क को विश्लेषण गर्यो ।

गर्मीका दिनमा महिलामा हर्मोनल र मेटाबोलिक, श्वासप्रश्वास वा पिसाब सम्बन्धी समस्याका कारण अस्पताल भर्ना हुने जोखिम बढी हुन्छ भने पुरुषमा चोटपटक आदिका कारण अस्पताल भर्ना हुने जोखिम बढी हुने गरेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!