स्त्री रोग तथा न्यूनतम इन्भेसिभ शल्यक्रिया सम्बन्धी अन्तराष्ट्रिय गोष्ठी


काठमाडौं– राजधानीमा १५५ चिकित्सकको सहभागितामा पहिलो अन्तर्राष्ट्रिय ल्याप्रोस्कोपीक गायनोकोलोजीकल एण्ड मिनिमल इन्भेसिभ सर्जरी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कार्यक्रमा नेपाल लगायत सात राष्ट्रका विज्ञ चिकित्सकहरू संलग्न थिए ।

स्त्री रोग तथा न्यूनतम इन्भेसिभ शल्यक्रिया सम्बन्धी उक्त अन्तराष्ट्रिय गोष्ठी मा इन्डोस्कोपी सोसाइटी नेपालको सहयोगमा ज्येष्ठ २ देखी ४ गते काठमाण्डौ मोडेल अस्पतालमा ल्याप्रोस्कोपीक कार्यशाला र नेपाल नेशनल अस्पतालमा हिस्टेरोस्कोपी कार्यशाला सञ्चालन भएको हो । उक्त गोष्ठी अन्तर्गत ल्याप्रोस्कोपीक कार्यशाला मा २१ जना र हिस्टेरोस्कोपी कार्यशाला मा ५५ जना चिकित्सकहरूले तालीम प्राप्त गरेका थिए ।

सांसद प्रा.डा.चन्दा कार्कीले महिला स्वास्थ्य स्याहारको लागि यो कार्यशाला महत्वपूर्ण भएको बताइन । पूर्व राष्ट्रपति विद्या देवी भण्डारी ले भविष्यमा यस्तो कार्यक्रम सरकारी निकायबाट पहल भई सरकारी अस्पतालमा पनि सञ्चालन हुनुपर्ने बताएकी छिन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!