चिकित्सक संघ र आहार पूरक सौन्दर्य वर्द्धक संघ बीच सहकार्य गर्ने समझदारी


काठमाडौं–नेपाल चिकित्सक संघ ले नेपाल आहार पूरक सौन्दर्य वर्द्धक संघ बीच व्यावसायिक र संस्थागत हक हितको लागि संस्थागत समन्वय तथा सहकार्य गर्ने समझदारी भएको छ ।

चिकित्सक संघ र आहार पूरक सौन्दर्य वर्द्धक संघ बीच यसै विषयमा एक समझदारी पत्रमा हस्ताक्षर समेत भएको हो । समझदारी पत्रमा आहार पूरक सौन्दर्य वर्द्धक संघले सरकार को कानुनको परिधिमा रहेर उपभोक्ताको स्वास्थ्य लाई ख्याल गरेर गुण स्तरीय सामानहरूको आयात र बजारीकरण गर्ने उल्लेख छ ।

चिकित्सक सघका अनुसार यो सम्झौताको उद्देश्य आम उपभोक्ता , बिरामी लाई पोषण तत्व को अभाव ले विविध जटिल रोग लाग्न सक्ने र त्यसलाई रोकथाम गर्न न्युट्र्रास्युटिकल्स र कस्मोस्विटिकल्स उत्पादन को उपयोग ले विशेष योगदान र नियन्त्रण गर्न सहयोग पुग्ने छ ।

यस्तै यसको महत्व विश्वव्यापी रूपमा बढी रहेको परिप्रेक्षमा नेपालमा पनि यसको आवश्यकता र महत्व आम जनसमुदाय तथा उपभोक्ता हरूमा पुर्याउनु र संस्थागत हक हितको पक्षमा सहकार्य र समन्वय गर्ने रहेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!