स्वास्थ्यमा समस्या देखिए पछि डा.गोविन्द केसीले अनसन तोडे


काठमाडौँ -प्राध्यापक डाक्टर गोविन्द केसीले स्वास्थ्यमा समस्या देखिए पछि पशुपति मृगस्थलीमा ६ दिनदेखि जारी सत्याग्रहलाई बिहीबार स्थगन गरेका छन्। उनी चार बुँदे माग सहित आमरण अनसनमा थिए। यो उनको बाइसौँ अनसन थियो।

डा. केसी को स्वास्थ्य परीक्षण टोलीका संयोजक डा. सन्तकुमार दासका अनुसार स्वास्थ्यमा समस्या देखिए पछि डा.केसीलाई जेठ २ गते साँझ साँझ त्रिवी शिक्षण अस्पताल भर्ना गरिएको थियो।

अस्पतालमा बिहिबार गरिएको स्वास्थ्य परीक्षणमा डा. केसीको मुटुको चालमा समस्या तथा पिसाबको मात्रामा कमी देखिएको हो।उनको थप प्रयोगशाला परीक्षण गर्दा रगतमा सुगरको मात्रामा कमी, सेतो रक्तकनिकाको कमी तथा मेटाबोलिक एसिडोसिस देखिएको थियो।

डा.दासले भने -‘उहाँलाई जुनसुकै समय सघन कक्षमा राखेर उपचार गर्नुपर्ने अवस्था देखिए पछि स्वास्थ्य परीक्षण टोलीले अनसनलाई निरन्तरता नदिने सल्लाह दिएको थियो।’

डा.केसीले भनेका छन – ‘अनैतिक शासक हरूको अगाडि नागरिकको नैतिक याचना फगत याचनाको रुपमा रहेको देखिएको छ। तसर्थ हाम्रो आन्दोलन जारी रहने प्रतिबद्धता व्यक्त गर्दै हाललाई सत्याग्रह स्थगन रहेको जानकारी गराउँदछु।’


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!