अनुसन्धान

स्मरणशक्ति पनि मस्तिष्कको प्रयासले निर्धारण हुन्छ


हामीलाई कुनै कुरा वर्षौ सम्म याद रहन्छ तर केही छिट्टै बिर्सने गरिन्छ । तर अहिले यस्तो हुनु पछाडिको एउटा नयाँ रहस्य बाहिर आएको छ । एक अध्ययनका अनुसार, त्यो जानकारी वा अनुभवलाई अव शोषित गर्न मस्तिष्कले कति प्रयास, मिहिनेत गरेको छ भन्ने कुरामा याद रहने अवस्था निर्भर हुन सक्छ ।

अमेरिकाको येल विश्वविद्यालयका अनुसन्धान कर्ताहरूले गरेको यो अध्ययन नेचर ह्युमन बिहेभियर जर्नलमा प्रकाशित भएको छ । अध्ययन अनुसार मस्तिष्कले कुनै पूर्व अनुमानित घटनालाई लामो समयसम्म याद राख्न सक्दैन ।

मस्तिष्कले ती कुराहरू याद राख्न प्राथमिकता दिन्छ जसलाई त्यो धेरै राम्ररी बुझ्न सम्झन सक्षम हुँदैन । अर्थात् यदि कुनै घटना पूर्व अनुमानित र आश्चर्य जनक छैन भने, मस्तिष्कले यसलाई बेवास्ता गर्न सक्छ । यसले भविष्यमा एआइको लागि थप कुशल मेमोरी प्रणालीहरूको विकासमा मद्दत गर्न सक्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!