नेपाल चिकित्सक संघ

‘डाक्टरले एक ठाउँ भन्दा बढीमा काम गर्नु रहर नभइ बाध्यता’


काठमाडौं– नेपाल चिकित्सक संघले डाक्टर लाई कार्यालय समय बाहेक अतिरिक्त समयमा व्यक्तिगत र पारिवारिक समयको तिलाञ्जलि दिई एक ठाउँ भन्दा बढी ठाउँमा काम गर्नु पर्ने रहर नभई बाध्यता रहेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालय, काठमाडौं महा नगरपालिका लगायतका विभिन्न निकाय द्वारा डाक्टरहरूले एउटा मात्र संस्थामा काम गर्नु पर्ने अपिल को जबाफ दिँदै चिकित्सक संघले उक्त कुरा जनाएको हो ।

डाक्टरहरू लाई मुलुक मा न्यून पारिश्रमिकमा एक ठाउँ मा मात्र सेवा गरेर जीविको पार्जन गर्न असम्भव रहेको समेत संघका महासचिव डा. सन्जिब तिवारी द्वारा मंगल बार जारी विज्ञप्ति  मा औँल्याएको छ ।

नेपालमा चिकित्सक एवं स्वास्थ्य कर्मीको दरबन्दी, पारिश्रमिक तथा अन्य सुविधा अत्यन्तै न्यून रहेको र त्यस माथि समेत सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न सक्ने स्थिति नभएको परिस्थिति बारे समेत सबै को ध्यानाकर्षण संघ ले गराएको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ को नियम ३७ (क) मा शिक्षक, प्रशिक्षक तथा कर्मचारीले पालना गर्नु पर्ने आचार संहिता अनुसार आफूलाई खटाइएको शिक्षण संस्थामा कार्यालय समयावधिमा एउटा मात्र शिक्षण संस्थामा काम गर्नु पर्ने भन्ने व्यवस्था बमोजिम अध्ययन अध्यापन एउटा मात्र शिक्षण संस्थामा गर्नु हुन समेत चिकित्सक संघले आफ्ना सबै सदस्यहरूलाई अनुरोध गरेको छ ।

हाल उपकरण, भौतिक संरचना एवं जनशक्तिको अभावको कारणले स्वास्थ्य सेवा पाउन कठिन भएको र लामो समय कुर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको विज्ञप्ति मा उल्लेख छ ।

त्यसको उचित व्यवस्थापन गर्न सबै तह जिम्मेवार रहन आवश्यक देखिने औँल्याउँदै संघले विशेषज्ञ चिकित्सक कम भइरहेको हालको अवस्थामा डाक्टरहरू विदेश पलायन हुने क्रम बढ्दो रहेको प्रति सबै सरोकारवालाहरूको ध्यानाकर्षण समेत गराएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!