डा.केसीकाे २२औं अनशन

डा. गोविन्द केसीले थाले २२ औ अनशनः प्रधानमन्त्री प्रचण्डको राजीनामा लगायतका चार बुँदे माग


काठमाडौं– प्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्डको राजीनामा, विगतका सम्झौताहरू कार्यान्वयन लगायतका चार बुँदे माग सहित डा. गोविन्द केसीले पशुपति मृग स्थलीमा २२ औं अनशन सुरु गरेका छन् । डा. केसीले चिकित्सा शिक्षा र सेवा सुधार लगायत माग राखी पटक पटक अनशन बस्दै आएका छन् ।

सरकारलाई दिएको अन्तिम अल्टिमेटमको अवधिमा पनि माग सम्बोधन नभएको भन्दै डा. केसी ले शनिवार अपराह्न देखि अनशनमा बसेका हुन् ।

डा.केसीले सङ्क्रमणकालीन न्यायको प्रक्रिया टुङ्गोमा पुग्ने सुनिश्चित गर्नुपर्ने, सबै नेपालीलाई गुण स्तरीय साथै निःशुल्क औषधी उपचारको व्यवस्था गर्नुपर्ने, शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधार र सबैको समान पहुँच सम्बन्धी गेटामा तुरुन्त प्रतिष्ठान सञ्चालन गर्ने लगायत मागहरू कार्यान्वयन एवं कार्की आयोगले दोषी ठहर्याएका व्यक्तिहरूलाई कारबाहीको माग अघि सारेका छन् ।

डा.केसीको चार बुँदे माग 

१. सशस्त्र द्वन्द्वकालमा मानवता विरोधी घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा। निष्पक्ष रुपमा र पीडितहरू ले न्याय अनुभूत गर्ने गरी सङ्क्रमणकालीन न्यायको प्रक्रिया टुङ्गोमा पुग्ने सुनिश्चित गरियोस् ।

२. सबै नेपालीलाई गुण स्तरीय साथै निःशुल्क औषधि – उपचारको व्यवस्था गरियोस् ।

३. जनताको नाममा हामीसँग भएका शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार र सबैको समान पहुँच सम्बन्धी – गेटामा तुरुन्त प्रतिष्ठान सञ्चालन गर्ने, गण्डकी र मधेश प्रदेश साथै इलाम, उदयपुर र डडेलधुरामा मेडिकल कलेज/प्रतिष्ठान तुरुन्त निर्माण गर्न, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धी उच्च शिक्षा ऐन र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धी ऐन तुरुन्त पारित गर्न लगायत सबै सम्झौताहरू कार्यान्वयन गर्न ।

४. कार्की आयोगले दोषी ठहर्याएका व्यक्तिहरूलाई कारबाही गर्न माग गरिन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!