विश्वमा पहिलो पटक

सिक्कल सेल बिरामीको जिन थेरापीबाट उपचार सुरु


न्यूयोर्क– १२ वर्षीय केन्ड्रिक क्रोमरलाई अमेरिकामा जिन थेरापी ले उपचार गरिदै छ । केही महिनाको उपचारपछि उनी सिक्कल सेलबाट मुक्त हुने सम्भावना छ ।

विश्वमा पहिलो पटक सिक्कल सेल बिरामीको जिन थेरापीबाट उपचार भइरहेको छ । यदि यो प्रभावकारी साबित भयो भने, विश्वका लाखौँ रोगीहरूको लागि जिन थेरापी वरदान साबित हुनेछ ।

न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार, सिक्कल सेलका कारण केन्ड्रिक क्रोमरले सामान्य बालबालिकाको जस्तो रमाइलो जीवन बिताउन सकेका थिएनन् । जाडोमा बाहिर हिँड्न र साइकल चलाउन उनलाई गाह्रो भएको थियो । उनलाई बेला बेलामा असह्‍य पीडा हुने गरेको थियो ।

गत वर्षको डिसेम्बरमा अमेरिकामा सिक्कल  सेल रोगको उपचारका लागि दुई प्रकारका जिन थेरापीलाई अनुमोदन गरिएको थियो । पहिलो थेरापीमा शरीरमा थप एउटा जिन थपिन्छ भने दोस्रोमा पहिले नै रहेको जिन मा परिवर्तन गरिन्छ ।

ब्लूबर्ड बायो नामक कम्पनीका केन्ड्रिक क्रोमर पहिलो व्यावसायिक बिरामी हुन् । अमेरिकामा क्रोमर जस्ता करिब २० हजार मानिसहरू सिक्कल सेलबाट पीडित छन्।

आनुवंशिक रूपमा परिमार्जित हुनेछ स्टेम सेलहरू केन्ड्रिक क्रोमरको वासिङ्टनको चिल्ड्रेन नेशनल हस्पिटल मा उपचार भइरहेको छ । डाक्टरहरूले उनको अस्थि मज्जा ( बोन म्यारो) बाट स्टेम सेल निकालेका छन् । ब्लूबर्डले तिनीहरूलाई आफ्नो प्रयोगशालामा आनुवंशिक रूपमा परिमार्जन गर्नेछ । यस प्रक्रिया को लागि केन्ड्रिकको लाखौँ करोडौं स्टेम सेलहरू चाहिन्छ । यदि पहिलो पटक पर्याप्त स्टेम सेलहरू ननिस्किएको भए केन्ड्रिकले एक महिना भित्र अर्को स्टेम सेल निकासीको लागि तयारी गर्नु पर्नेछ।

यो आनुवंशिक रोगमा रातो रक्त कोशिकाको विकारले हेमोग्लोबिनलाई असर गर्छ । रातो रक्त कोशिकाहरू सजिलै सँग चल्न सक्दैनन् र शरीरमा रक्त प्रवाह रोक्न सक्छ। यो जीवनभरि रही रहने रोग हो । अहिले सम्म बोन म्यारो प्रत्यारोपण नै यसको एक मात्र उपचार थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!