अनुसन्धान

बच्चामा सेरेब्रल पाल्सी डिसअर्डरको मुख्य कारण आनुवंशिक


बालबालिकामा हुने सेरेब्रल पाल्सी डिस अर्डर बारे गरिएको अध्ययनमा शोध कर्ताहरूले नयाँ जानकारी फेला पारेका छन् । नयाँ अध्ययन अनुसार चीनमा यो समस्या भएका हरेक चार मध्ये एक बच्चामा यो आनुवंशिक भएको पाइएको छ ।

अनुसन्धान कर्ताहरूले यस्ता ८१ जिन पत्ता लगाएका छन्, जसका कारण बालबालिका मस्तिष्क पक्षाघातको सिकार हुन्छन् । यसअघि सेरेब्रल पाल्सी हुनुको मुख्य कारण जन्मको समय अक्सिजनको कमी रहेको बताइएको थियो ।

यसबाट पीडित बच्चा ढिलो बस्ने र हिँड्न थाल्छ । सेरेब्रल पाल्सी यस्तो विकार हो जसमा बच्चाको गतिविधि मा नियन्त्रण हुँदैन, जसका कारण उसलाई बस्न र हिँड्न गाह्रो हुन्छ । कहिलेकाहीँ यो समस्या अटिज्म र बौद्धिक अपाङ्गता परिणत हुन्छ । जन्मको समयमा पर्याप्त अक्सिजन नपाउँदा शारीरिक हानी हुन्छ । यसलाई सेरेब्रल पाल्सीको प्रमुख कारक मध्ये एक मानिन्छ ।

सेरेब्रल पाल्सीको आनुवंशिक प्रभाव बारे मा विश्वको सबैभन्दा ठूलो अध्ययनमा १,५०० प्रभावित चिनियाँ बालबालिकाहरू संलग्न गरिएका थिए । यसको कारण अधिकांश बालबालिकामा आनुवंशिक रहेको पाइएको छ । अर्थात् जन्मको समयमा पर्याप्त अक्सिजन नपाउनु अर्को प्रमुख कारण हो । अनुसन्धानको नतिजा नेचर मेडिसिन जर्नलमा प्रकाशित भएको छ ।

अष्ट्रेलियाको एडिलेड विश्वविद्यालयका अनुसन्धानका सह लेखक तथा मानव आनुवंशिक विद् जोसेफ गेजले यस्तो बच्चा मा चीनका २४.५ प्रतिशत बालबालिकामा सेरेब्रल पाल्सीको कारण आनुवंशिक भएको पाइएको बताए ।

के हो सेरेब्रल पाल्सी ?

सेरेब्रल पाल्सी एक शारीरिक अशक्तता हो जसले चाल (मुभमेन्टस) र आसन (पोस्चर) लाई असर गर्दछ । यो एक जीवन भर हुने एक स्थायी अवस्था हो, तर सामान्यतया यो समय सँग अझ खराब हुँदै जादैन ।

सेरेब्रल पाल्सी ले शरीरको चाल, मांसपेशीको नियन्त्रण, मांसपेशीको समन्वय, मांसपेशीको टोन, रिफ्लेक्स, पोस्चर र सन्तुलनलाई असर गर्दछ । मस्तिष्क पक्षाघात भएका व्यक्तिहरूमा दृष्टि, सिकाइ, श्रवण, बोली, मिर्गी र बौद्धिक कमजोरीहरू पनि हुन सक्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!