टिस्यु इमेजिङ गर्ने विश्वको पहिलो इन्डोस्कोपी प्रणाली विकसित


जापानका वैज्ञानिकहरूले विश्व को पहिलो रिजिड इन्डोस्कोपी प्रणाली विकसित गरेका छन । जसले दृश्यमान देखि लिएर हजारौं न्यानो मिटर (ओटिएन) छोटो तरंग दैर्घ्य (वेभ लेन्थ) सम्म हाइपरस्पेक्ट्रल इमेजिङ (एचएसआई) गर्न सक्षम छ ।

हाइपरस्पेक्ट्रल इमेजिङले इलेक्ट्रोम्याग्नेटिक स्पेक्ट्रमबाट जानकारी सङ्कलन र प्रशोधन गर्दछ । यो नयाँ प्रणालीले शल्यक्रिया गर्दा टिस्यु इमेजिङमा सहयोगी साबित हुनेछ ।

रिजिड (कडा) इन्डोस्कोपी को प्रयोग मुख, घाटी, श्वासनली र अन्ननलीमा समस्याहरू जाँच गर्न प्रयोग गरिन्छ । टोकियो युनिभर्सिटी अफ साइन्स (टीयूएस) को टोलीले विभिन्न प्रकारका इमेजिङ उपकरणहरू विकास भइसकेको बताए । तर हजारौं न्यानो मिटर भन्दा सानो तरंग दैर्ध्यका लागि, साधारण क्यामेराहरूले आफ्नो संवेदनशीलता गुमाउँछन् र केवल केही व्यावसायिक रूपमा उपलब्ध लेन्सहरूले यसलाई विश्लेषण गर्न सक्षम छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!