अनुसन्धान

बाल्य कालमा उच्च रक्तचापले हृदय रोगको जोखिम बढाउँछ


आजको अव्यवस्थित दैनिकीमा हाइपरटेन्सन,  उच्च रक्तचाप वयस्क र किशोर किशोरीमा देखिने गरेको छ । एउटा नयाँ अध्ययनले बाल्य काल र किशोरावस्थामा उच्च रक्तचापले हृदय घात र स्ट्रोक जस्ता मुटु रोगको जोखिम चार गुणा बढी हुने देखाएको छ ।

विश्वव्यापी रूपमा, प्रत्येक १५ बालबालिका र किशोरहरूमा एक जना उच्च रक्तचापबाट पीडित छन्, जुन चिन्ताको विषय हो । शोध कर्ताहरूले बालबालिकाको उच्च रक्तचापको स्क्रिनिङ र उपचारमा ध्यान दिनुपर्ने मा जोड दिएका छन् ।

उच्च रक्तचापको दीर्घकालीन प्रभावहरू बुझ्न अनुसन्धान कर्ताहरूले क्यानडाको ओन्टारियोमा १९९६  र २०२१ को बीचमा उच्च रक्तचापबाट प्रभावित २५६०५ बालबालिका र किशोर किशोरीहरूलाई सामान्य बालबालिकासँग तुलना गरे ।

१३ वर्षको फलो अप पछि अनुसन्धान टोलीले उच्च रक्तचापबाट पीडित बाल बालिकामा उच्च रक्तचाप नभएका बालबालिका र किशोर किशोरीहरूको तुलनामा स्ट्रोक, हृदय घात, हर्ट फेल वा मुटु शल्यक्रिया को जोखिम दुई देखि चार गुणा बढी रहेको पत्ता लगायो ।अनुसन्धानका नतिजाहरू मे ३ देखि ६ सन २०२४ सम्म टोरन्टोमा भएको पेडियाट्रिक एकेडेमिक सोसाइटीज (पिएएस) बैठकमा प्रस्तुत गरिएको थियो ।

‘बाल उच्च रक्तचाप स्क्रीनिंग र नियन्त्रणको लागि थप स्रोतहरू विकास गर्नाले बाल बालिकाहरूमा दीर्घकालीन हृदय रोगको जोखिम कम गर्न मद्दत गर्न सकिन्छ, अध्ययनका सह-लेखक कल एच रोबिन्सन, द हस्पिटल फर सिक चिल्ड्रेन मा नेफ्रोलोजीका प्राध्यापक एवं अध्ययन सँग जोडिएका हुन् ।

यस सन्दर्भमा, नियमित स्क्रिनिङ र यसको फलो अपको बारेमा चेतना बढाउन आवश्यक छ। जसले गर्दा मुटु सम्बन्धी रोगको जोखिमलाई कम गर्न सकिन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!