अनुसन्धान

आसपासको को वायु प्रदूषणले बिर्सने रोग अल्जाइमरको जोखिम बढ्न सक्ने


एक नयाँ अध्ययनले वायु प्रदूषण भएको वातावरणमा लामो समय सम्म बस्दा बिर्सने रोग अल्जाइमर को जोखिम बढ्न सक्ने देखाएको छ । यो पहिले पनि थाहा थियो कि वायु प्रदूषणले श्वासप्रश्वास र मुटु रोगको जोखिम बढाउन सक्छ ।

बेल्जियमको एन्टवर्प युनिभर्सिटी र नेदरल्याण्डको ग्रोनिंगन युनिभर्सिटी का अनुसन्धान कर्ताहरूले शव को मस्तिष्कको परीक्षण (ब्रेन अटोप्सी) को विश्लेषणका आधारमा यो दाबी गरेका हुन् ।

उनीहरूले न्यूरो सम्बन्धी समस्या छ वाट पीडित चार व्यक्तिको मस्तिष्कका विभिन्न भागको जाँच गरी ब्लैक कार्बन कणको उपस्थितिले अल्जाइमर रोग को पुष्टि गरे ।

जामा नेटवर्क ओपन जर्नलमा प्रकाशित अध्ययनको नतिजा अनुसार, ओलफेक्ट्र्री बल्ब (गन्ध को अनुभूतिमा सघाउने भाग)  समेत थैलमस (मस्तिष्कको  सूचना रिले स्टेसन) , प्रीफ्रंन्टल कर्टेक्स (मनुष्यको संज्ञानात्मक क्षमताको लागि जिम्मेवार) र हिप्पोक्याम्पस (सिकाइ र स्मृति सँग जोडिएको भाग ) मा उच्च मात्रा मा ब्ल्याक कार्बन पार्टिकल्स को उपस्थिति पाइयो ।

अनुसन्धान कर्ताहरूका अनुसार अध्ययनका प्रमाणहरूले वायु प्रदूषणका कणहरू मानव मस्तिष्कमा प्रवेश गर्न र मस्तिष्कको महत्वपूर्ण भागहरूमा जम्मा हुन सक्ने देखाएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!