कोरोना संक्रमण भएको ६ महिना पछि बच्चामा बढ्न सक्छ दम

‘जर्नल अफ एलर्जी एण्ड क्लिनिकल इम्युनोलजी इन प्रैक्टिस’ ,मा प्रकाशित उक्त अध्ययन मा यो दाबी गरिएको हो । अध्ययन अन्तर्गत अमेरिका मा पहिले देखी नै दमको बिरामी रहेका ६२ हजार बच्चा लाई संलग्न गरिएको थियो ।


हालै गरिएको एउटा अध्ययनको दाबी अनुसार कोरोना संक्रमण भएको ६ महिना पछि दम(आज्मा) ले पीडित बच्चाको अवस्था झन बढी खराब हुन सक्छ ।

‘जर्नल अफ एलर्जी एण्ड क्लिनिकल इम्युनोलजी इन प्रैक्टिस’ ,मा प्रकाशित उक्त अध्ययन मा यो दाबी गरिएको हो । अध्ययन अन्तर्गत अमेरिका मा पहिले देखी नै दमको बिरामी रहेका ६२ हजार बच्चा लाई संलग्न गरिएको थियो ।

अध्ययनमा के पाइयो भने कोरोना संक्रमण भएको ६ महिना पछि बच्चा हरूमा दमको समस्या पहिलेको दाँजोमा बढी बृद्घि भयो।  बच्चाहरूलाई वारम्वार अस्पताल पुग्नु पर्यो भने केही लाई त इमर्जेन्सीमा इनहेलर र स्टेरोइडस को उपयोग समेत गर्नु पर्यो ।

त्यही अर्को तर्फ क्यालिफोर्निया को चिल्ड्रेन्स हेल्थ अफ अरेन्ज काउन्टि की डा.क्रिस्टीन चाउका अनुसार दम वाट पीडित जुन बच्चाको कोरोना रिपोर्ट नेगेटिभ आयो उनीहरूको अवस्था मा आगामी ६ महिनामा सुधार देखियो अर्थात दमको कारण नत उनिहरुलाइ वारम्वार अस्पताल धाउनु पर्यो न त स्टेरोइड उपचार कै आवश्यकता पर्यो ।

यो अनुसन्धानमा सामेल वैज्ञानिकहरू को अनुसार यो नतिजा पछिल्लो नतिजाको उल्टो हो । स्मरण रहोस् कोरोना र दम को कनेक्सन मा गरिएको पुरानो अध्ययनको अनुसार बच्चामा कोरोना सङ्क्रमणले दमको लक्षण लाई बढाउँदैन । उसो नयाँ अनुसन्धान वाट थाहा भएको छ की कोरोना भाइरस बच्चामा दम(आज्मा) लाइ ‘ट्रिगर’ (बढाउन) गर्न सक्षम छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!