अनुसन्धान

ट्राफिक कोलाहलले मुटु रोगको जोखिम बढाउन सक्छ


अनुसन्धान कर्ताहरूले पत्ता लगाएका छन् कि शहरहरूमा बढ्दो ट्राफिक कोलाहलले हृदयघात लगायतका मुटु रोगहरूको जोखिम बढ्न सक्छ । विशेष गरी रातमा ट्राफिक कोलाहलले निन्द्रामा बाधा पुर्याउँछ ।

जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसले रक्त नलीहरूमा तनाव हर्मोनको स्तर बढाउन सक्छ । यसले सुन्न्याइ र उच्च रक्तचाप जस्ता रोगहरू विकास गर्ने जोखिम बढाउँछ ।

यो अनुसन्धानको नतिजा हालै जर्नल सर्कुलेसन रिसर्चमा प्रकाशित भएको छ। अनुसन्धान कर्ताहरूको अन्तर्राष्ट्रिय टोलीले महामारी विज्ञान को तथ्याङ्कको समीक्षा गर्यो, जसले कुनै निश्चित रोगको लागि जोखिम कारकहरू पहिचान गर्न प्रमाण प्रदान गर्दछ ।

समीक्षाको क्रममा, अनुसन्धान कर्ताहरूले फेला पारे कि बढ्दो सडक यातायातले हुने कोलाहल मा हरेक १० डेसिबल को बृद्घि मा हृदयघात, स्ट्रोक र मधुमेह लगायतका मुटु सम्बन्धी रोगहरू हुने जोखिम ३.२ प्रतिशतले बढ्छ ।

अनुसन्धानको नेतृत्व गर्ने जर्मनीको युनिभर्सिटी मेडिकल सेन्टर मेन्जका वरिष्ठ प्राध्यापक थामस मुन्जेलले भने, ‘हाम्रो लागि यो पनि महत्वपूर्ण छ कि ट्राफिक कोलाहललाई अब मुटु रोगको लागि जोखिम कारकको रूपमा चिनिन्छ किनभने बलियो प्रमाणहरू छन् ।’

अनुसन्धान कर्ताहरूलेसडक, रेल र हवाई यातायातबाट आवाज कम गर्न स्थानीय अधिकारीहरूलाई रणनीतिहरूबारेपनि सुझाव दिए । घना बस्तीमा व्यस्त सडकमा ध्वनि अवरोधहरू जडान गरेर १० डेसिबल सम्म ध्वनिको मात्रा घटाउन सकिने उनले बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!