कलेजोले क्यान्सर उपचारमा महत्वपूर्ण भूमिका खेल्न सक्छ


कलेजोमा सुन्न्याइ लामो समय देखि क्यान्सर को दुष्प्रभाव सँग जोडिएको छ । यसले इम्युनोथेरापी प्रति समेत खराब प्रतिक्रिया दिन्छ । पेन्सिल्भेनिया विश्वविद्यालयको अब्रामसन क्यान्सर सेन्टर र पेरेलम्यान स्कुल अफ मेडिसिनका अनुसन्धान कर्ताहरूको नेतृत्वमा रहेको टोलीले यसको प्रमुख कारण पत्ता लगाएको छ । यो अध्ययन नेचर इम्युनोलोजीमा प्रकाशित भएको छ ।

अनुसन्धान कर्ता हरूले पत्ता लगाए कि क्यान्सर ले हुने कलेजोको सुन्न्याइ को कारण कोशिकाहरू सीरम अमाइलाइड ए (एसएए) प्रोटिन स्राव गर्न थाल्छ । यो शरीरभर फैलिन्छ र टी कोशिकाहरूलाई ट्युमरमा आक्रमण गर्नबाट रोक्छ ।

यस अनुसन्धान सँग सम्बद्ध ग्रेगरी बिट्टीले भने कि हामीले बिरामीहरूका लागि थप प्रभावकारी रणनीतिहरू विकास गर्न मद्दत गर्न यो बुझ्न चाहन्थ्यौ की क्यान्सर कुन कारण ले इमयुनोथेरेपी को प्रतिरोध गर्छ । खोजहरूले पत्ता लगाए कि कलेजो कोशिकाहरूले प्रभावकारी रूपमा क्यान्सर प्रतिरोधी प्रतिरोधात्मक क्षमतालाई नियन्त्रण गर्ने प्रतिरक्षा जाँच चौकी को रूपमा काम गर्छन् ।

अन्वेषकहरूले प्याङ्क्रियाटिक क्यान्सरको माउस मोडेलको अध्ययन गरे । प्यान्क्रियाटिक ट्युमरहरूमा टी–सेल प्रवेश को मात्रा पनि मापन गरे । यो ट्युमर विरोधी प्रतिरक्षा गतिविधि को एक आधारभूत संकेत हो । जुन मुसाको ट्युमरमा टी कोशिकाहरू राम्रो सँग प्रवेश गर्न सकेनन् उनीहरूको कलेजोमा बढी सुन्न्याइ थियो ।

शोध कर्ताहरूले देखाए कि कलेजो कोशिकाहरूमा स्टैट ३ एक्टिभेसन इम्युन सेल को कम उत्पादन सँग जोडिएको छ । टोलीले पत्ता लगायो कि कलेजो कोशिकाहरू मा सीरम अमाइलाइड ए (एसएए) प्रोटिन हटाउनाले स्टेट ३ लाई हटाए जस्तै प्रतिरक्षा प्रतिरक्षामा बृद्घि भयो र मुसामा जीवित रहने समय र उपचारको सम्भावना मा बृद्घि भयो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस