४० वर्षको उमेरमा बढ्छ स्वास्थ्य प्रति सतर्कता


हामी देख्छौं कि कोही मानिसहरू सुरुदेखि नै स्वास्थ्य को बारेमा चिन्तित हुन्छन्, जबकी धेरै मानिसहरू लापरवाह हुन्छन् । तर एउटा नयाँ अनुसन्धानले ४० वर्ष को उमेरमा अधिकांश मानिसको स्वास्थ्य व्यवहार स्थिर हुने देखाएको छ । अर्थात् स्वास्थ्य प्रति सकारात्मक हुन्छ ।

अनुसन्धान कर्ता हरूले भने कि उनीहरूले सहभागीहरू को १९ वर्षको फलो अपको अवधिमा ठूलो मात्रामा सकारात्मक परिवर्तनहरू देखेका थिए, जस्तै धूम्रपानमा कमी र स्वास्थ्य जागरूकता मा बृद्घि ।

अनुसन्धानको नतिजा हालै साइकोलोजी एण्ड हेल्थ जर्नलमा प्रकाशित भएको छ । फिनल्याण्डको ज्ववास्किला युनिभर्सिटी बाट पिएचडी गरिरहेकी, अनुसन्धानका लेखिका जोहाना अहोलाले धूम्रपान, मदिरा सेवन र शारीरिक गतिविधि प्रायः अध्ययनहरूमा फरक फरक जाँच गरिने बताउँछिन् । तर नयाँ अध्ययन को दृष्टिकोणले यो कुरालाई ध्यानमा राख्छ कि हामी मध्ये हरेक एकै साथ धेरै स्वास्थ्य व्यवहारहरूमा संलग्न छन् ।

अनुसन्धान टोलीले फिनल्याण्डका ३७० सहभागीमा धूम्रपान र मदिरा सेवन गर्ने बानीका साथै शारीरिक गतिविधि पनि जाँचेको थियो । यसपछि उनको ४२ वर्ष, ५० र ५१ वर्षमा फलोअप गरिएको थियो । उनीहरूले धूम्रपान कम भएको पाए । यसमा उमेरले मात्र कारण नभई सामाजिक परिस्थितिको पनि महत्वपूर्ण योगदान थियो ।

अनुसन्धान टोलीले विवाह, शिक्षा र जस्ता सामाजिक जनसांख्यिकीय कारक र अन्य व्यक्तित्व परक कारक हरूले पनि व्यवहारमा परिवर्तन ल्याउन भूमिका खेल्छ । यस अनुसन्धानमा, व्यक्तित्व विशेषताहरूलाई नयाँ सन्दर्भमा अघिल्लो अनुसन्धान सँग तुलना गरिएकोछ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस