जिन थेरापीबाट हिमोफिलियाको उपचार सम्भव ! डाक्टरहरूले आशा जगाए


जिन थेरापीले हिमोफिलिया बाट पीडित हरूका लागि आशाको किरण ल्याएको छ । यो एक वंशानुगत रोग हो जसमा व्यक्तिको रगतमा जन्म सँगै क्लटिङ (रगत जमाउने आवश्यक तत्व) कारकको कमी रहन्छ ।

विश्व हिमोफिलिया दिवस १७ अप्रिल 

विश्व हिमोफिलिया दिवस वर्षेनी अप्रिल १७ तारिख मा मनाइन्छ । यस दिनमा यो रोग बारे चेतना फैलाउने प्रयास गरिन्छ । हिमोफिलियाका कारण शरीरमा रगत जम्दैन र सामान्य चोटपटक लाग्दा पनि रगत बग्ने गर्छ । गम्भीर अवस्थामा, यसले जीवनको लागि खतरा पनि निम्त्याउँछ । सामान्य चोट पटकले पनि जोर्नीमा हानी पुर्याउन सक्छ, जसले पछि जोर्नीमा कठोरता र हिँड्न गाह्रो हुने जस्ता समस्या निम्त्याउन सक्छ ।

हिमोफिलिया एक आनुवंशिक रोग

बिर अस्पताल की मेडिकल जेनेटिक्स युनिट प्रमुख एवं वंशानुगत रोग विशेषज्ञ डा. निलम ठाकुर हिमोफिलिया वंशाणुगत रोग भएको बताउँछिन् । यसमा रगत जम्नका लागि आवश्यक तत्त्वहरूको अभाव हुन्छ । हेमोफिलिया ए मा ‘फ्याक्टर–८’ को कमी र हेमोफिलिया बि मा ‘फ्याक्टर–९’ को कमी हुन्छ ।

यो रोग ‘एक्स’ गुण सूत्र (क्रोमोजोम) सँग जोडिएको छ, यसैले यो सामान्यतया केटा मान्छे मा बढी देखिन्छ । केटीहरू वाहक हुन्छन् र उनीहरूमा हल्का लक्षणहरू देखिन्छ, किनभने उनीहरू को शरीरमा दुई वटा ‘एक्स’ क्रोमोजोमहरू हुन्छन् ।

डा.ठाकुरले हिमोफिलिया भएका मानिसहरू र तिनिहरूका डाक्टरहरूले रोगको आनुवंशिक कारणहरू बुझ्नु धेरै महत्वपूर्ण रहेको बताउँछिन् । यस रोगको वंशाणु गत जोखिम जिन परामर्श मार्फत पत्ता लगाउन सकिन्छ ।

हिमोफिलियासोसाइटी नेपाल को अनुसार नेपालमा करिब ४ हजार ९ सय ३७ मानिसहिमोफिलियाबाट पीडित छन् । तीमध्ये हालसम्म ८ सय ६५ जना मात्रै दर्ता भएका अर्थात् रोग पहिचान भएका छन् । नेपालमा कुलहिमोफिलियारोगी हरू मध्ये मात्र १७ प्रतिशत उपचारको दायरामा छन । स्थानीय स्तरमा धेरै अस्पताल र चिकित्सा संस्थाहरूमा रगत जम्ने परीक्षण गर्ने सुविधानुहुँदायो रोग पत्ता लगाउन गार्हो देखिएको छ ।

जिन थेरापी हिमोफिलिया को उपचार मा नयाँ आशा

जिन थेरापी हिमोफिलियाको उपचारमा नयाँ आशाको रूपमा देखा परेको वंशानुगत रोग विशेषज्ञ डा.निलम ठाकुर बताउँछिन् । यस थेरापीमा बिरामीको शरीरमा एक विशेष प्रकारको भाइरस हालिन्छ, जसले शरीरका कोशिकाहरूमा आवश्यक जीनहरू पुर्याउँछ । यो जिन ले शरीरमा रगत जम्ने कारक उत्पादन गर्ने काम गर्छ ।

डा.ठाकृुरकाे अनुसार पछिल्लो समय जिन थेरापीको विभिन्न क्लिनिकल परीक्षणहरूको नतिजा निकै उत्साहजनक रहेको छ । यी परीक्षणहरूमा, यो थेरापी सुरक्षित र प्रभावकारी रहेको पाइन्छ ।

नेपालहेल्थप्रेसको नयाँ दिल्ली सम्वाददाता विघ्नेष विमलको अनुसार जिन थेरापी को ट्रायल भारतको भेल्लोर स्थित क्रिस्चियन मेडिकल कलेज (सीएमसी)मा पनि गरिएको छ ।

अहिलेसम्म हिमोफिलियाको उपचार ‘फ्याक्टर–८’ को सुई द्वारा गरिन्छ । यो इन्जेक्सन नियमित लगाउनाले बिरामीको अवस्था नियन्त्रणमा राख्न सकिन्छ तर यो सुई निकै महँगो छ ।

नेपालमा पर्याप्त मात्रा मा औषधि दिन नसक्दा वा दाता ले दिने औषधि सरकारको विभिन्न झन्झटिलो प्रक्रियाले समय मे उपलब्ध हुन नसक्दा वर्षेनी ४/५ जना को अकाल मृत्यु भइ रहेको हिमोफिलिया सोसाइटी नेपालले जनाएको छ । जिन थेरापीले यो रोगलाई हटाउन मद्दत गर्न सक्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!