छाला गोरो बनाउने क्रिमबाट मिर्गौला रोगको जोखिम


गोरो छालाको लागि समाजको उन्माद को कारण, गोरो बनाउने दाबी गर्ने (फेयरनेस क्रिम) सौन्दर्य उत्पादनको को नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलङका लगायतका सार्क क्षेत्रमा आकर्षक बजार छ । तर नयाँ अध्ययनका अनुसार छाला गोरो बनाउने क्रिमको प्रयोगले भारतमा मिर्गौला रोगको समस्या पनि बढिरहेको छ ।

यी क्रिमहरूमा हुने पारो (मरक्युरी) को अत्याधिक मात्रा मिर्गौला को लागि हानिकारक मानिन्छ । मेडिकल जर्नल किड्नी इन्टरनेशनलमा प्रकाशित अध्ययन अनुसार उच्च पारा सामग्री भएको फेयरनेस क्रिमको बढ्दो प्रयोगले मेम्ब्रेनस नेफ्रोप्याथी (एमएन) को केसहरू बढिरहेको छ । यो एक यस्तो अवस्था हो जसले मिर्गौला को फिल्टरहरूलाई क्षति पुर्याउँछ र प्रोटिन चुहावट निम्त्याउँछ ।

मेम्ब्रेनस नेफ्रोप्याथी एक अटोइम्युन रोग हो जसले मिर्गौला विकार नेफ्रोटिक सिन्ड्रोम निम्त्याउँछ । जसले गर्दा शरीरले पिसाबमा बढी प्रोटिन उत्सर्जन गर्छ ।

अनुसन्धान कर्ता मध्ये एक रहेका डा. सजीश शिवदास भन्छन्, पारो छालाबाट अव शोषित हुन्छ र मिर्गौला फिल्टरहरूको लागि विनाश निम्त्याउँछ, जसले नेफ्रोटिक सिन्ड्रोमका घटनाहरू बढाउँछ । डा. शिवदास एस्टर एमआईएमएस अस्पताल, कोटक्कल, केरल को नेफ्रोलोजी विभाग मा कार्यरत छन् ।

क्रिम प्रयोग गर्ने व्यक्तिहरूले अक्सर एउटा लतको वर्णन गर्छन् । भनिन्छ, प्रयोग बन्द गरेपछि छालाको रङ्ग झन् गहिरो (कालो) हुन थाल्छ ।

अनुसन्धान कर्ताहरूले जुलाई, २०२१ र सेप्टेम्बर, २०२३ को बीचमा मेम्ब्रेनस नेफ्रोप्याथीको २२ केसहरू को जाँच गरे । यी मध्ये तीन जना बिरामीहरूमा गम्भीर सुन्याइ (स्वेलिङ्ग) थियो, तर सबैमा प्रोटिनको मात्रा बढेको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!