तपाई को रगतको नसामा समाहित भइ सकेको छ प्लास्टिक


चीनमा गरिएको अनुसन्धानले प्लास्टिक तपाई को नसामा प्रवेश गरेको खुलासा गरेको छ । हृदय घात, स्ट्रोक र डीप वेन थ्रोम्बोसिस अन्तर्गत रगत को थोप्लो (थक्का) मा ८० प्रतिशत सम्म माइक्रोप्लास्टिक पाइएको छ ।

ई बायो मेडिसिन मा प्रकाशित यस अध्ययनले मस्तिष्क धमनी, कोरोनरी धमनी आदिमा रगत जमेको नमुनाहरू फेला पारेको देखाएको छ । माइक्रोप्लास्टिक भनेको पाँच मिलिमिटर भन्दा कम लामो प्लास्टिकको टुक्रा हो ।

अनुसन्धान अन्तगर्त हर्ट अट्याक, स्ट्रोक र डीप भेन थ्रोम्बोसिस पछि रक्त नलीबाट निकालिएको ८० प्रतिशत जमेको रगत (क्लट) मा माइक्रोप्लास्टिक्स भेटिएको थियो ।

अमेरिकाको जोन हप्किन्स युनिभर्सिटीका अङ्कोलोजीमा सहप्राध्यापक तातियाना प्रोवेलले एक्समा भने कि आधुनिक जीवनमा प्लास्टिक जताततै छ । यो अत्यन्त चिन्ताजनक अध्ययनले मानव स्वास्थ्यमा माइक्रोप्लास्टिकको प्रभावको सही अनुसन्धानको आवश्यकतालाई जोड दिन्छ । यसले माइक्रोप्लास्टिकको उपस्थितिले हृदय घात, स्ट्रोक आदिको गम्भीरता बढाउन सक्छ भन्ने देखाउँछ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!