‘साँझको व्यायाम मोटोपना सँग लड्न बढी फाइदा जनक’


हामी परम्परागत रूपमा बिहानको व्यायामलाई राम्रो स्वास्थ्यको लागि सबैभन्दा अनुकूल समय मान्दै आए पनि एउटा एक नयाँ अनुसन्धानले साँझको शारीरिक गतिविधि मोटो पना भएका मानिसहरूका लागि लाभदायक हुन सक्ने देखाएको छ ।

यो अनुसन्धान  को निष्कर्ष डायबिटिज केयर जर्नल मा हालै प्रकाशित भएको छ । अष्ट्रेलियाको सिड्नी युनिभर्सिटीका अनुसन्धान कर्ताहरू ले ३० हजार मानिसमा गरिएको अध्ययनको आधारमा यो दाबी गरिएको हो ।

अनुसन्धान कर्ताहरूले आठ वर्षसम्म अध्ययनमा संलग्न सहभागीहरूलाई पछ्याए । अनुसन्धान टोलीले बेलुका ६ बजेपछि मध्यम देखि जोसिलो शारीरिक क्रियाकलापमा सहभागी हुनेमा अकाल मृत्यु र हृदय घातको जोखिम कम रहेको पाए ।

सिड्नी युनिभर्सिटीका लेक्चरर डा एन्जेलो सबगले जटिल सामाजिक कारकहरूको बीचमा तीन मध्ये दुई अस्ट्रेलियालीहरू बढी तौल वा मोटो भएका कारण हृदयघात र स्ट्रोक जस्तो जोखिममा रहेको बताए ।

अनुसन्धान टोलीले नियमित रूपमा तीन मिनेट वा सो भन्दा बढी समय बाहिर खुल्ला हावामा व्यायाम मा ध्यान केन्द्रित गरेका थिए । कुल दैनिक शारीरिक गतिविधिको सट्टा, यसको आवृत्ति बढी लाभदायक पाइयो । साथै अघिल्लो अध्ययनहरू को पनि विश्लेषण गरिएको थियो ।

डा.एन्जेलो का अनुसार यसको अर्थ यो होइन की व्यायामले मात्रै मोटो पना जस्ता समस्याको समाधान हुन सक्छ । तर यस अध्ययनले व्यायामको लागि निश्चित समय सीमा को विस्तार गरेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!