नेशनल प्याथ ल्याब बुटवल र एनपीएल काठमाडौं का प्रयोगशाला आइएसओ प्रमाणीकरण

भारत सरकारको प्रयोगशाला प्रमाणित निकाय नेशनल एक्रिडिटेसन बोर्ड फर टेस्टिङ एण्ड क्यालिब्रेसन ल्याबरेटोरिज (एनएबीएल) बाट नेशनल प्याथ ल्याब को दुई वटा प्रयोगशालाहरू प्रमाणीकरण भएको हो


काठमाडौं– नेशनल प्याथ ल्याब (एनपीएल) बुटवल र एनपीएल काठमाडौं प्रयोगशाला एनएबीएल (आइएसओ १५१८९ :२०१२) बाट प्रमाणीकरण भएका छन् ।

भारत सरकारको प्रयोगशाला प्रमाणित निकाय नेशनल एक्रिडिटेसन बोर्ड फर टेस्टिङ एण्ड क्यालिब्रेसन ल्याबरेटोरिज (एनएबीएल) बाट नेशनल प्याथ ल्याबले आफ्ना दुई वटा प्रयोगशालाहरू हालै मात्र प्रमाणीकरण गराएको जानकारी प्रेस विज्ञप्ति मार्फत जनाएको हो ।

एनएबीएल ले आईएसओ १५१८९ :२०१२ को अनुसार मेडिकल प्रयोगशाला गुणस्तर र प्रतिस्पर्धा प्रमाणीकरण सेवा प्रदान गर्दछ ।

‘हामीले एक वर्ष अघिबाट एक्रिडिटेसन को प्रक्रिया सुरु गरेका थियौँ,’ एनपीएल का प्रबन्ध निर्देशक पवन जोशीले भने, ‘केही दिनअघि मात्रै हाम्रा दुवै प्रयोगशाला एक्रिडिटेसन प्रमाणीकरण भएका छन् । हामीलाई यो प्रमाणीकरण गर्न एक वर्षभन्दा बढी समय लाग्यो ।’

एक्रिडिएसन प्रयोगशालाले गर्ने जाँच को गुणस्तर प्रमाणीकरण हो । ‘एक्रिडिएसन भनेको यो ल्याबको सबै प्रक्रियाहरू ठीक छ र यसले गर्ने सबै परीक्षणहरू गुण स्तरीय छन् भन्ने सुनिश्चितता हो,’ उनले भने, ‘यो गुण स्तरीय रिपोर्टको प्रमाणीकरण हो ।’

जोशीले गुणस्तरका लागि ढुक्क भएर सेवा ग्राहीले एनपीएल मा परीक्षण गराउन सक्ने र यस ल्याबमा गरिएका परीक्षणहरू अन्तर्राष्ट्रिय स्तरमै स्वीकार्य समेत हुने बताए ।

यस सँगै नेपालकै ठूलो प्रयोगशाला चेन रहेको एनपीएल दुई वटा प्रयोगशालाहरू एक्रिडिटेसन गर्ने पहिलो भएको छ । ‘अहिले दुई वटा प्रयोगशाला एनएबीएल एक्रिडिएसन भएको नेपालमा हामी मात्रैहो,’ जोशीले भने।

अध्यक्ष रुद्र बहादुर कार्कीका अनुसार एनपीएलले काठमाडौं ल्याबमा हेमाटोलोजी,बायोकेमेस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, क्लिनिकल प्याथोलोजी, इम्युनो हिस्टोप्याथोलोजी विभागलाई एक्रिडिटेसन गराएको छ । जसमा झन्डै ११६ वटा टेस्टहरू एक्रिडिटेसन गराइएको उनले बताए ।

एनपीएलको बुटवल ल्याबमा ५६ वटा टेस्टहरू एक्रिडिटेसन गरिएको छ भने त्यहाँ हेमाटोलोजी, क्लिनिकल प्याथोलोजी, बायोकेमेस्ट्री, बायो केमेस्ट्री र इम्युनोलोजी विभागलाई एक्रिडिटेसन गरिएको उनले जानकारी दिए ।

२०६९ सालमा बुटवलबाट सुरु भएको एनपीएलका अहिले मुलुक भर ९ वटा शाखाहरु छन् । जसमध्ये एनपीएल काठमाडौं र एनपीएल बुटवल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला बाट ‘ए’ ग्रेडको मान्यता प्राप्त प्रयोगशाला हुन् ।

एनपीएल ले काठमाडौंमा ७ सय बढी र बुटवलमा ४ सय बढी इनहाउस परीक्षणहरू गर्दै आएको छ । नमुना परीक्षण, कर्मचारीका हिसाब ले पनि नेशनल प्याथ ल्याब नेपालकै ठूलो ल्याबमा पर्छ ।

‘नेपालमा नै धेरै ल्याब र हस्पिटलहरुले नगर्ने जाँचहरू हामीले गर्दै आएका छौं,’ जोशीले थपे, ‘निकट भविष्यमै नेपालमै जेनेटिक परीक्षण, न्युवर्न स्क्रीनिङ, साइटोजेनिटिक्स तथा फ्लोरोसेन्स एण्ड सिटु हाइव्रिडाइवेसन (एफआइएसएच) प्रविधि स्थापना गरी परीक्षणका लागि तयारी अगाडि बढाएका छौं ।’

एनपीएल ले फ्लोसाइट्रोमेट्री प्रविधिबाट रगतको क्यान्सर सम्बन्धी जाँचहरु, इम्युनोहिस्ट्रो केमेष्ट्री प्रविधिबाट अन्य क्यान्सर सम्बन्धी जाँचहरु,पिसिआर प्रविधिबाट इन्फेसीयस डिजीज सम्बन्धी जाँचहरू,इम्युनो फ्लोरेसेन्सर मल्टिप्लेक्स पीसीआर प्रविधिबाट अन्य जाँचहरू गर्दै आएको छ ।

यस्तै, रेस्पेरेटरीप्यानल, ग्यास्ट्रोइन्टेस्टाइनल प्यानल, मेनेन्जाइटिस/इन्सेफ्लाइटिस प्यानल लगायतका जाँचहरू पनि नेशनल प्याथ ल्याबमा उपलब्ध छन् । प्रबन्ध निर्देशक जोशीका अनुसार आगामी दिनमा यस प्रयोगशालाका अन्य शाखाहरू पनि एनएबीएल (आइएसओ१५१८९:२०१२) प्रमाणीकरण गर्ने योजना छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!