‘सामान्य रक्त परीक्षण बाट प्रोस्टेट क्यान्सर पत्ता लगाउन सकिने’


प्रोस्टेट स्पेशिफिक एन्टीजेन (पीएसए) रगत परीक्षण को माध्यमले समय भन्दा अगावै प्रोस्टेट क्यान्सर बारे थाहा पाउन सकिन्छ । यो परीक्षण धेरै सजिलो र सुरक्षित समेत छ ।

यदि यो जाँच प्रत्येक पाँच वर्षमा गरियोस् भने प्रारम्भिक चरणमा क्यान्सरको उपचार सम्भव हुने विज्ञहरू बताउँछन् । अनुसन्धान अनुसार पीएसए परीक्षण खतरा पत्ता लगाउन धेरै प्रभावकारी छ ।

जर्मनीको हेनरिक–हेन विश्वविद्यालयमा गरिएको यो अनुसन्धान पेरिसमा भएको युरोपियन एसोसिएसन अफ युरिलोजी काँग्रेसमा प्रस्तुत गरिएको थियो । प्रोस्टेट क्यान्सरको सम्भावना निकै कम भएमा पाँच वर्षमा एक पटक जाँच गराउनु पर्याप्त हुने बताइएको छ ।

अनुसन्धान कर्ताहरूले ४५ वर्षका व्यक्तिहरूलाई तीन समूहमा विभाजन गरेका थिए । जसमा पीएसएको स्तर प्रति मिलि लिटर १.५ न्यानो ग्राम भन्दा कम थियो, तिनिहरूलाई कम खतरनाक स्तरमा राखिएको थियो । उनीहरूलाई पाँच वर्षपछि फेरि परीक्षण गराउन सल्लाह दिइएको थियो ।

जसमा १.५ देखि ३ न्यानो ग्राम प्रति मिलि लिटर रहेको पाइएको थियो । उनलाई मध्यम स्तरमा राख्दै प्रत्येक दुई वर्षमा परीक्षण गराउन सल्लाह दिइएको थियो । जसको स्तर तीन भन्दा बढी थियो तिनिहरूलाई उच्च जोखिम श्रेणीमा राखिएको थियो र एमआरआई सहित बायोप्सी गराउन सल्लाह दिइएको थियो ।

यस परीक्षणमा लगभग २० हजार मानिसहरू सहभागी थिए । उनीहरूलाई पाँच वर्षपछि पुनः परीक्षण गरिएको थियो । जसमध्ये १.२ प्रतिशत अर्थात् १४६ मा उच्च स्तरको पीएसए पाइएको थियो । उनीहरूलाई एमआरआई र बायोप्सी गर्न सल्लाह दिइयो । अनुसन्धान पछि १६ जनामा मात्रै क्यान्सर भएको पाइयो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!