‘एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिष्ट को अध्यक्षमा डा.अभिमन्यु झा’

देश भरी प्याथोलोजीमा स्नातकोत्तर गरेका करिब ५ सय डाक्टर एसीपीएनका सदस्य छन्


काठमाडौं–एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिष्ट, नेपाल (एसीपीएन) को ११ औं राष्ट्रिय सम्मेलनले डा. अभिमन्यु झा को अध्यक्षतामा १० सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको छ ।

डा.झा त्रिवि शिक्षण अस्पतालको प्याथोलोजी विभाग का प्राध्यापक हुन । दुई दशक भन्दा बढी समय देखि प्याथोलोजी क्षेत्रमा कार्यरत डा.झा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान को सहायक डीन समेत हुन ।

नव निर्वाचित कार्य समितिको कार्यकाल ३ वर्ष रहनेछ । एसीपीएन को केन्द्रीय कार्य समिति को उपाध्यक्षमा डा. राकेश पाठक, महासचिव मा डा. रोजन घिमिरे, सह सचिवमा डा. अलीना कर्ण र कोषाध्यक्षमा डा. नीता काफले निर्वाचित भएकी छन् ।

यस्तै एसीपीएनको सदस्यहरूमा डा. मोनी सुबेदी,डा. बिनोद ढकाल, डा. दीक्षा कार्की, डा.प्रवेश दहाल र डा गौरव साह निर्वाचित भएका हुन । देश भरी प्याथोलोजीमा स्नातकोत्तर गरेका करिब ५ सय डाक्टर एसीपीएनका सदस्य छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!