‘गर्भावस्थामा थोरै रक्सी सेवनले पनि बच्चाको विकासमा बाधा पुर्याउँछ’


एउटा अनुसन्धान अनुसार गर्भवती द्वारा थोरै वा मध्यम मात्रामा रक्सी पिउनाले पनि गर्भमा रहेको बच्चाको विकासमा असर पर्न सक्छ । यो अनुसन्धान ‘अल्कोहल क्लिनिकल एण्ड एक्सपेरिमेन्टल रिसर्च’ जर्नलमा प्रकाशित भएको थियो ।

गर्भावस्थामा अत्यधिक मदिरा सेवन (एक साता मा १४ ड्रिङ्क भन्दा बढी) वा एक पटकमा ४ वा यो भन्दा बढी ड्र्रिङ्क पिउनाले ( बिन्ज ड्रिङकिङ )ले बच्चाको विकासमा ठूलो असर पार्ने अनुसन्धानले देखाएको छ । यो कुरा अघिल्लो अनुसन्धानहरू बाट थाहा भइ सकेको छ ।

यो नयाँ अनुसन्धानमा विशेष गरी कम मात्रा मा मदिरा सेवन गर्दा को देखिने प्रभावलाई लाई विश्लेषण गरिएको छ । किनभने कम मात्रामा मदिरा सेवन गर्नु बढी सामान्य छ ।

गर्भवती हुनु अघि र गर्भावस्थाको प्रारम्भिक अवधिमा महिलाहरूले सेवन गर्ने रक्सीले बच्चालाई पनि असर गर्छ । अनुसन्धान कर्ता हरूको अनुसार गर्भावस्थाको प्रारम्भिक हप्ताहरूमा भ्रूण को अंगहरूको निर्माणको लागि धेरै महत्वपूर्ण हुन्छ र यो अवधिमा मदिरा सेवन विशेष गरी हानिकारक हुन सक्छ ।

अध्ययनमा समावेश गरिएका अधिकांश महिलाहरूले आफू गर्भवती भएको थाहा पाएपछि रक्सी पिउन पूर्णतया कम वा बन्द गरे । यद्यपि, थोरै मात्रामा रक्सी पिए पछि पनि बालबालिकामा केही कमीहरू देखिएका छन् ।

अनुसन्धान कर्ता भन्छन् कि यस विषयमा थप ठूला अध्ययनहरू आवश्यक छ ताकि यी परिणामहरू पुष्टि हुनसकोस्र लिङ्गको आधारमा रक्सीको प्रभावलाई राम्रो सँग बुझ्नसकियोस्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!