रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, विकास समितिको अध्यक्ष मा डा. पशुपति चौधरी नियुक्त


काठमाडौं– सरकारले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा प्रा. डा. पशुपति चौधरीलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषदको बिहीवार बसेको बैठकले डा. चौधरीलाई अध्यक्ष मा नियुक्त गरेको हो । डा. चौधरीले नेपालहेल्थप्रेस संग कुरा गर्दै यसै साता कार्यभार सम्हाल्ने बताए ।

डा.चौधरी हाड जोर्नी शल्य चिकित्सक हुन । उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्राध्यापक, हाड जोर्नी विभागका पूर्व विभागीय प्रमुख, पूर्व कार्यकारिणी सदस्य एवं अस्पताल निर्देशक समेत हुन । डा. चौधरीको राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरूमा ५० वटा भन्दा बढी पेपर प्रकाशित छन् ।

सरकारले समितिको सदस्यमा विरेन्द्र प्रसाद यादवलाई समेत नियुक्त गरेको छ । यस्तै, बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानको सदस्य पदमा ज्ञानेन्द्र मान सिंह कार्कीलाई मनोनयन गर्ने निर्णय भएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!