महिलाको ‘छैटौँ इन्द्रिय’ पुरुषको भन्दा निकै फरक


बेलायतको युनिभर्सिटी अफ लण्डनका वैज्ञानिकहरूले भर्खरै गरेको अनुसन्धानमा महिलाको ‘छैटौँ इन्द्रिय’ (सिक्स्थ सेन्स) पुरुषको भन्दा निकै फरक रहेको बताएको छ । यो महिलाको तुलनामा पुरुषमा अलिकति बलियो पाइएको छ ।

दृष्टि, स्पर्श, स्वाद, गन्ध र श्रवण पछि मानिसमा हुने ‘छैटौँ इन्द्रिय’ (सिक्स्थ सेन्स) बारे समयसमयमा अनुसन्धान हुँदै आएको छ । शरीरको आन्तरिक अवस्थाबारे हाम्रो बुझाइलाई ‘इन्टरओसेप्शन’ भनिन्छ । यसै लाई छैटौँ इन्द्रिय को रुपमा समेत जानिन्छ ।

‘द कन्भर्सेसन’ मा प्रकाशित अनुसन्धानका अनुसार शारीरिक र मानसिक स्वास्थ्यका लागि छैठौं इन्द्रिय महत्वपूर्ण हुन्छ । यस विषयमा अघिल्लो ९३ अध्ययनहरूको तथ्याङ्क लाई विश्लेषण गर्दा के पाइयो भने पुरुष को दाजो मा महिलाहरूले आफ्नो मुटुको धड्कन र केही हदसम्म फोक्सोका सङ्केतहरू सटीक रूपमा कम बुझ्छन् ।

यस भिन्नताको पछाडि रक्तचाप वा शरीरको तौल जस्तो कुनै कारकहरू छैन । यसको मुख्य कारण आनुवंशिक, हर्मोन, व्यक्तित्व र तनाव हुन सक्छ । अनुसन्धान कर्ताहरू भन्छन् कि छैटौँ इन्द्रियलाई असर गर्ने विभिन्न कारकहरू सही रूपमा पहिचान गर्नाले मानसिक स्वास्थ्य विकारहरूको प्रभावकारी उपचारको विकासमा महत्वपूर्ण साबित हुन सक्छ ।

चिन्ता र डिप्रेसनको अवस्था अपेक्षाकृत बढी 

युनिभर्सिटी अफ लन्डनमा मनोविज्ञानका लेक्चरर जेनिफर मर्फी भन्छिन् कि महिलाको मानसिक स्वास्थ्य उनीहरूको भावना, सामाजिक र संज्ञानात्मक (कग्निटिभ) अवस्थाबाट सबैभन्दा बढी प्रभावित हुन्छ । पुरुषको तुलनामा उनीहरूका चिन्ता र डिप्रेसन बढी हुने भएकोले उनीहरूको ‘छैटौँ इन्द्रिय’ क्षमतामा प्रतिकूल असर पर्दछ । यस भिन्नताबारे अझ बुझ्न थप अध्ययन आवश्यक छ ।

सोच्ने बुझ्ने स्तर फरक फरक

अनुसन्धानकर्ताहरुकाअनुसार महिला र पुरुषको सोच्ने, बुझ्नेस्तर फरक फरक हुन्छ । यो पनि छैटौँ इन्द्रियमा भिन्नताको कारण हुन सक्छ । छैटौँ  इन्द्रियका कारण हरेक व्यक्तिलाई भविष्यमा हुने राम्रो वा नराम्रो घटनाहरू को अनुभव हुन्छ । छैटौँ इन्द्रियको बारेमा धेरै कम मानिसलाई थाहा छ, यद्यपि यो पाँच इन्द्रियहरू भन्दा बढी संवेदनाहरू बुझ्न सक्षम छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!