क्षय रोगीमा परजीवी को सङ्क्रमणले जोखिम बढ्छ

टिबी को साथमा परजीवी को सङ्क्रमणले फोक्सोको रोगलाई अझ गम्भीर र सफलतापूर्वक उपचार गर्न गाह्रो बनाउँछ


नयाँ दिल्ली–एउटा नयाँ अनुसन्धानमा पल्मोनरी टिबी (फोक्सो को क्षयरोग) का बिरामीहरूमा परजीवी को सङ्क्रमणले फोक्सोको रोगलाई गम्भीर बनाउन सक्ने देखिएको छ ।

फोक्सो को क्षयरोग को बिरामीहरूमा स्ट्र्रांगोलौइडस स्टेकोरेलिस नाउ गरेको परजीवी किरोको प्रभावको अनुसन्धान गर्दा अनुसन्धान कर्ता यो निष्कर्ष मा पुगेका हुन ।

फोक्सो को क्षयरोग र परजीवी किरोको संक्रमण दुबै कम आय भएका देशहरूमा एक प्रमुख स्वास्थ्य समस्या हो ।

नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआइएच), इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) द्वारा गरिएको यो अध्ययन एम विश्वनाथन डाइबेटिक रिसर्च सेन्टर (एमवीडीआरसी) को सहयोगमा भारतको चेन्नाई मा गरियो । यो फोक्सो को गम्भीर रोग पल्मोनरी क्षयरोगमा परजीवी किरोको सङ्क्रमणको प्रभाव र उपचारमा केन्द्रित थियो ।

अध्ययनमा परजीवी किरोको सङ्क्रमणबाट पीडित ४०९ फोक्सोको क्षयरोग पीडितहरूको समूह समावेश गरिएको थियो । अध्ययनमा सहभागीहरूको उमेर ३० देखि ६५ वर्ष थियो ।

अनुसन्धान टोलीले यी मध्ये फोक्सोमा क्षति र फेरी क्षयरोग हुने जोखिए पाए । मात्र क्षयरोगका बिरामीको तुलनामा क्षयरोग र परजीवी किरोको संक्रमण भएका बिरामीहरूमा ब्याक्टेरियाको मात्रा बढी पाइयो ।

अध्ययनले दोहोरो संक्रमण भएका व्यक्तिहरूमा केही प्रतिरक्षा प्रणाली मार्करहरूमा परिवर्तनहरू पनि पाइयो, जसले बढेको सुन्याइ प्रतिक्रियालाई संकेत गर्दछ ।

अध्ययनले देखाएको छ कि टिबी को साथमा परजीवी किरोको सङ्क्रमणले फोक्सोको रोगलाई अझ गम्भीर र सफलतापूर्वक उपचार गर्न गाह्रो बनाउँछ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!