‘पेटको बोसो घटाउन, धूम्रपान त्याग्नुस्’


यदि तपाई चुरोट सेवन गर्नु हुन्छ र पेटको बोसो को समस्याबाट हैरान हुनु हुन्छ भने चुरोट पिउन छोड्नुहोस् । धूम्रपान नगर्नेहरूको तुलनामा धूम्रपान गर्नेहरूको तौल कम हुन्छ, तर उनीहरूको आन्द्रामा बोसो बढी हुने एक अध्ययनले देखाएको छ ।

र सबैभन्दा समस्या भनेको लुकेको पेटको बोसो हो, जसलाई सामान्यतया भिसेरल फ्याट भनिन्छ । यो बोसो घटाउन निकै फाइदा जनक हुन्छ ।

यो बोसो पेट भित्र र कलेजो, मुटु र मिर्गौला आदि वरपर पाइन्छ । यस प्रकारको बोसो पातलो पेट भएको व्यक्तिमा पनि पाइन्छ ।

यो अध्ययन जर्नल एडिक्सन मा प्रकाशित भएको हो । अध्ययन अनुसार धूम्रपानले शरीरमा भिसेरल बोसो बढाउने र हृदय रोग, मधुमेह, स्ट्रोक र डिमेन्सिया जस्ता गम्भीर रोगहरूको जोखिम बढाउने प्रमाण फेला पारेको छ ।

अध्ययनले धूम्रपान सुरु गर्दा पेटको बोसो बढ्ने देखाएको बताए । छाला को तल को बोसो बढ्नु को सट्टा आन्द्राको बोसो बढ्ने आशंका बढी हुन्छ ।

अनुसन्धान टोलीले धूम्रपान गर्न थालेका १२ लाख व्यक्ति र आजीवन धूम्रपान गर्ने ४ लाख ५० हजार भन्दा बढीको अध्ययन गरेका थिए ।

पेटको बोसो फिगरलाई मात्र बिगार्दैन, यसले स्वास्थ्यलाई पनि असर गर्छ । जसका कारण मुटु र कलेजो सम्बन्धी समस्या आउन सक्छ । अध्ययन नतिजा अनुसार धूम्रपान गर्नेहरूको पेटको बोसो मुख्य रूपमा भिसेरल फ्याट थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!