पूर्व स्वास्थ्य सचिव डा. प्रविण मिश्रको निधन


काठमाडौं – पूर्व स्वास्थ्य सचिव डा. प्रविन मिश्रको निधन भएको छ। ६२ वर्षीय डाक्टर मिश्रको नयाँ दिल्लीमा मङ्गलवार राति ९:२८ मा निधन भएको हो । उनी कलेजोको सिस्टको शल्यक्रियाको लागि डेढ महिनादेखि दिल्लीमा थिए र उक्त शल्यक्रिया सफल भएको थियो।

पारिवारिक स्रोतका अनुसार शल्यक्रिया पछि स्वास्थ्य लाभ गरिरहेका डा. मिश्र लाई एक्कासी कार्डियक एरेस्ट भएपछि मृत्यु भएको हो । ५१ वर्षको उमेरमा सेवा निवृत्त भएका डा. मिश्र २०६६ देखि २०७१ साउन सम्म स्वास्थ्य मन्त्रालय को सचिव थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस