पुरुषको दाँजोमा महिलालाई माइग्रेन हुने सम्भावना दोब्बर, विश्वमा १७ प्रतिशत महिला माइग्रेनले पीडित

विश्वमा हरेक ६ जना मध्ये एक जनालाई कुनै पनि दिन टाउको दुख्ने गरेको छ । महिलामा माइग्रेनको समस्या बढी हुने कारण अनुसन्धानकर्ताले हार्मोनको परिवर्तनलाई ठाने , किनभने एस्ट्रोजनमा कुनै पनि तल माथि टाउको दुखाइलाई बढाउँछ ।


नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलजी द्वारा गरिएको एउटा अध्ययनको दाबी अनुसार २.९ प्रतिशत पुरुषको दाँजोमा ६ प्रतिशत महिलाहरूलाई टाउको दुखाइको रोग बढी हुन्छ । यति मात्र नभइ पुरुषको दाँजोमा महिलालाई माइग्रेनबाट पीडित हुने सम्भावना समेत दोब्बर हुन्छ ।

यो अध्ययनको नतिजा ‘द जर्नल अफ हेडेक एण्ड पेन’ मा प्रकाशित गरिएको छ । अध्ययनमा सन १९६० को दशक देखी लिएर हाल सम्म टाउको दुखाइ को बारेमा गरिएको ३ सय ५७ वटा अध्ययन लाई केन्द्र बनाएर निष्कर्ष निकालियो की विश्वमा हरेक ६ जना मध्ये एक जनालाई कुनै न कुनै दिन टाउको दुख्ने गरेको छ ।

महिलामा माइग्रेनको समस्या बढी हुने कारण अनुसन्धानकर्ताले हार्मोनको परिवर्तनलाई ठाने , किनभने एस्ट्रोजनमा कुनै पनि तल माथि टाउको दुखाइलाई बढाउँछ । अनुसन्धानकर्ताहरूको अनुसार विश्वमा १७ प्रतिशत महिला माइग्रेनले पीडित छन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!