मानिसको पेटमा भेटियो ३२ सेन्टिमिटर लामो जिउँदो माछा, डाक्टर पनि दंग


हालै भियतनाममा ३४ वर्षीय पुरुष सँग एउटा अनौठो र चकित पार्ने घटना भएको छ । पेटमा असहज दुखेको गुनासो गरेर अस्पताल पुर्याइए पछि ती व्यक्ति लाई जाँच्दा डाक्टरहरू समेत छक्क परेका थिए ।

है हा जिल्ला चिकित्सा केन्द्रका चिकित्सकले उनको अल्ट्रासाउण्ड र एक्स-रे गर्दा चकित पार्ने तथ्य बाहिर आएको छ । जाँच गर्दा ती मानिसको पेटमा जिउँदो इल माछा अड्किएको पत्ता लागेको थियो, जुन उसको आन्द्रामा फसेको थियो । यो माछाका कारण उक्त व्यक्तिको आन्द्रामा प्वाल परेको थियो र उनलाई पेरिटोनाइटिस भएको थियो । जसका कारण उनको स्वास्थ्य अवस्था गम्भीर बन्यो ।

३२ सेन्टिमिटर लामो माछा उनको मलद्वार हुँदै शरीरमा प्रवेश गरेको थियो

समाचारपत्र Nguoi Dua Tin को रिपोर्टका अनुसार, करिब ३२ सेन्टिमिटर लामो यो माछा कुनै न कुनै तरिकाले ती मानिसको मलद्वारको माध्यमबाट शरीरमा पसेको र उसको आन्द्रामा पुगेको चिकित्सकहरूले अनुमान गरेका छन ।

शल्यक्रिया पछि बिरामी होसमा आए र उनको पेट दुखाइ पनि कम भयो । डाक्टरहरूले उनलाई देखिन सक्ने सम्भावित थप जटिलताको लागि निगरानी गर्ने र खाना, तरल पदार्थ र एन्टिबायोटिकहरू दिने प्रकृया जारी राख्ने बताएका छन् ।

‘यो एकदमै दुर्लभ केस हो । आन्द्रामा धेरै दिसा हुन्छ र त्यहाँ ब्याक्टेरियाको संक्रमण हुने खतरा समेत हुन्छ’, है हा जिल्ला चिकित्सा केन्द्र का शल्यक्रिया विभागका प्रमुख डा.फाम मान हङ्ग ले बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस