गठियाले पुरुष र महिलामा प्रजनन समस्या बढाउन सक्छ


एक नयाँ अनुसन्धानले गठिया (जोर्नीको वात रोग) ले समय भन्दा पहिले डिलभरी, कम तौल भएका बच्चा को जन्म र निःसन्तान जस्ता समस्याको जोखिम बढाउने देखाएको छ ।

यो अनुसन्धान हालै जर्नल रुमेटोलजी मा प्रकाशित भएको छ । अध्ययनले अटोइम्युन रोगहरूको प्रजनन स्वास्थ्यमा पर्ने प्रभावको जाँच गर्यो । अटोइम्युन रोग भएका व्यक्तिहरूमा शरीरको प्रतिरक्षा प्रणालीले गल्ती ले शरीरको स्वस्थ तन्तु र अङ्गहरूमा आक्रमण गर्न लाग्छ ।

अध्ययनको क्रममा, अनुसन्धान कर्ताहरूले केही बिरामीहरू भएका बच्चाहरूको संख्या, बुबा बन्न समस्याहरू र गर्भावस्था सम्बन्धित जटिलताहरूको जाँच गरेँ।

तिनिहरूले सन १९६४ देखि सन १९८४ को बीचमा फिनल्याण्डमा जन्मेका व्यक्तिहरूको राष्ट्रिय तथ्याङ्क जाँच गरे । अध्ययन कर्ताले प्रजनन वर्ष अघि वा पछि करिब आठ प्रतिशत पुरुष र महिलामा अटोइम्युन रोगहरू पहिचान गरेका थिए ।

अनुसन्धान टोलीले शीर्ष तीन अटोइम्युन रोगहरूमा यसको सबैभन्दा ठूलो प्रभाव पारेको पत्ता लगायो । एडिसन रोगमा २३.९ प्रतिशत, जुवेनाइल आइडियोप्याथिक गठियामा ९.३ प्रतिशत र भिटामिन बी १२ को कमी भएका एनिमियाबाट पीडितहरूमा ८.६ प्रतिशत बाँझो पन भेटियो ।

एडिसन रोग एक विकार हो जसमा एड्रेनल ग्रन्थिहरूबाट पर्याप्त हर्मोन उत्पादन हुँदैन । जबकी जुवेनाइल इडियोप्याथिक गठिया मा किशोर र बच्चाहरू गठिया सम्बन्धित रोगहरू बाट पीडित हुन्छन् ।

प्रमुख लेखक एनी क्यारोलाले जोर्नी तथा मांसपेशीमा जोर्नी र मांसपेशी मा गठिया वा अन्य अटोइम्युन रोगबाट पीडित व्यक्तिहरूलाई सन्तान उत्पत्ति को समस्या बढी पाइयो । बाथ रोगका धेरै पीडितहरू बाझो पन, थोरै बच्चाहरू र औसतमा समयभन्दा अगावै बच्चा जन्मिने समस्या पाइयो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस