डा.अंकुर साह, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्त


जनकपुर —मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिमा मधेश प्रदेश सरकारले डा. अंकुर साह लाई नियुक्त गरेको छ । मुख्य मन्त्री सरोज कुमार यादवले नवनियुक्त उपकुलपति डा.साह लाई सोमबार पद तथा गोपनीयता को शपथ गराएका छन्।

प्रतिष्ठानको उप कुलपतिका लागि डा. साह लाई मधेश प्रदेश, स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको थियो । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहको गत जेठ २५ गते कलेजो को समस्याले निधन भए पछि डा. साहलाई नियुक्त गरिएको हो । डा. साह यस अघि प्रतिष्ठानमा रेक्टर थिए ।

शपथ ग्रहण समारोहमा प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्य मन्त्री वीरेन्द्र कुमार सिंह, मुख्य न्यायाधिवक्ता वीरेन्द्र ठाकुर, नीति तथा योजना आयोगका उपाध्यक्ष नाथुराम चौधरी र प्रतिष्ठानका पदाधिकारीहरूको उपस्थिति थियो । मधेश प्रदेशका मुख्य मन्त्री यादवले उप कुलपतिमा डा. साह को नियुक्त पछि प्रतिष्ठानले गति लिने विश्वास व्यक्त गरे ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!