‘लडदा हाड भाँच्चिने जोखिम महिलाको दाँजोमा पुरुषलाई बढी’


हालै गरिएको एक अध्ययन ले हिँड्दा समय लड्दा फ्याक्चर हुने जोखिम महिलाको दाँजो मा पुरुषमा बढी हुन्छ । यो अध्ययन हालै ‘ओस्टियोपोरोसिस इन्टरनेशनल’, मा प्रकाशित भएको छ ।

४६ समूहको तथ्यांक विश्लेषण गरेर अध्ययनको निष्कर्षमा पुगिएको अनुसन्धान कर्ताहरूले बताएका छन् । यस सम्बन्धमा अध्ययनको शीर्षक ‘अ मेटा–एनालिसिस अफ प्रिभियस फल्स एन्ड सब्सीक्वेन्ट फ्याक्चर रिस्क इन कोहर्ट स्टडिज’ थियो ।

अनुसन्धान टोलीले नौ लाख मानिसहरूको तथ्याङ्क लाई विश्लेषण गर्‍यो, जसको कारण खस्नु थियो । यसका लागि फ्याक्चर जोखिम मूल्याङ्कन गर्ने उपकरण ‘फ्रैक्स’ को प्रयोग गरिएको थियो । फ्रैक्स संसार भरीका अध्ययन हरूबाट लंगिच्युडनल (अनुदैर्ध्य) डेटा प्रयोग गरेर विकसित गरिएको थियो ।

हार्बर्ड युनिभर्सिटी बाट मान्यता प्राप्त संस्था हिब्रु सिनियर लाइफ सँग सम्बन्धित र अध्ययन का लेखक डगलस पी कीलले भने कि झर्नु लाई फ्याक्चरका जोखिममा महत्वपूर्ण कारक मानिएको छ । तर यो फ्रैक्स को एल्गोरिदममा समावेश गरिएको थिएन । तर अब अद्यावधिक गर्दै पहिले खसेका लाई एल्गोरिदम मा समावेश गरिएको छ । यसले विश्वव्यापी रूपमा फ्याक्चर जोखिम मूल्याङ्कनको शुद्धतालाई अझ बढाउँछ ।

अनुसन्धान कर्ताहरूको अनुसार यो अध्ययन को चाख लाग्दो निष्कर्ष के निस्केको छ भने खस्दा, लड्दा हुने फ्याक्चर को जोखिम महिलाहरूको तुलनामा पुरुषहरूमा बढी हुन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!