बेसारमा पाइने करक्यूमिन ले आन्द्रामा फाइदा जनक ब्याक्टेरिया बढ्छ


बेसारमा राम्रो मात्रामा करक्यूमिन पाइन्छ, जुन एक एन्टी इन्फ्लेमेटरी कम्पाउन्ड हो । यो विशेष यौगिकले शरीरमा संक्रमण वा पुरानो सुन्याइ (क्रोनिक इम्फ्लामेसन) कम गर्न सक्छ ।

अनुसन्धान कर्ताहरूले बेसारमा पाइने करक्युमिनले पेटमा फाइदा जनक ब्याक्टेरिया बढाउने गरेको पाइएका छन् । मुसामा गरिएको प्रयोगमा यसले आन्द्राको सुन्याइ र पाचन सम्बन्धी समस्यामा सुधार ल्याएको देखिएको छ ।

यो अनुसन्धानको निष्कर्ष हालै ‘इन्टरनेसनल जर्नल अफ फर्मास्युटिकल्स’ मा प्रकाशित भएको छ । वेस्टर्न साओ पाउलो र साओ पाउलो स्टेट युनिभर्सिटी का अनुसन्धान कर्ताहरूले उक्त अध्ययन गरेका हुन ।

अनुसन्धान कर्ताहरूले दही जस्तो आहारमा सामान्यतया पाइने प्रोबायोटिक ल्याक्टो बैसिलस ब्याक्टेरिया ले सामान्य मुसाको दाँजोमा बिरामी मुसामा २५ प्रतिशतले करक्युमिन बढायो ।

करक्युमिन को एमल्सन भएको नानो मेट्रिक अणु वा नानो इमल्सन लाई सुन्याइरोधी र एन्टी अक्सिडेन्ट को रूपमा जानिन्छ । अनुसन्धान कर्ताहरूले अनुसार नानो इमल्सनको माध्यमले करक्युमिन को क्षमता बढाएर सुन्याइ र पाचन सम्बन्धी समस्याको उपचार गर्नमा सफलता पाए ।

यो अनुसन्धान दुई चरण मा गरियो । पहिलो मा करक्युमिन प्रदान गर्नको लागि नानो इमल्सनको उत्पादन सामेल थियो । दोस्रो चरणमा यसको स्थिरता, आकृति र भौतिक रासायनिक गुणको मूल्यांकन गरियो ।

अनुसन्धान कर्ताले पहिले मुसाको आन्द्रामा सुन्याइ बढाउने औषधि इंडोमेथासिन दिए । यस पछि करक्युमिन नानोइमल्सन लाई मुख वाट दिइयो । १४ दिन सम्म निगरानी पछि विश्लेषणमा के पाइयो भने औषधि को कारण आन्द्रामा भएको सुन्याइ समाप्त भयो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!