‘मिर्गौलालाई बिरामी हुन बाट जोगाउनुस्, डा.पुकार चन्द्र श्रेष्ठले भनेका यी स्वस्थ बानी आजै देखी अपनाउनुस्’


शरीरलाई स्वस्थ राख्नका लागि सबै अंगहरू फिट हुनु अति आवश्यक हुन्छ । मुटु, कलेजो, फोक्सो र मिर्गौलाले शरीरको सम्पूर्ण प्रणाली लाई चलाउन मद्दत गर्छ । यी मध्ये कुनै एक अंग बिरामी परेमा स्वास्थ्यमा प्रतिकूल असर पर्छ ।

त्यसैले हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीवार लाई विश्व मिर्गौला दिवसका रुपमा मनाउने गरिन्छ । यो दिवसमा मिर्गौला शरीरका लागि कति महत्वपूर्ण छ र यसलाई कसरी स्वस्थ राख्न सकिन्छ भन्ने बारेमा मानिसहरूलाई सचेत गराइन्छ ।

शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र का कार्यकारी निर्देशक एवं कलेजो तथा मिर्गौला प्रत्यारोपण शल्यचिकित्सक डा.पुकार चन्द श्रेष्ठका अनुसार तपाइको रगत तपाइको मिर्गौला मार्फत दिनमा धेरै पटक परिसंचरण हुन्छ । एक दिनमा, तपाईंको मिर्गौलाले करिब १४२ लिटर रगत फिल्टर गर्दछ । तपाई को ग्लोमेरुली मार्फत फिल्टर हुने अधिकांश पानी र अन्य पदार्थहरू ट्युब्युलहरूद्वारा तपाई को रगतमा फर्किन्छन् । करिब १ देखी २ लिटर मात्र पिसाब बन्छ । बच्चाहरूले वयस्कहरूको दाँजोमा कम पिसाब उत्पादन गर्छन् र उत्पादनको मात्रा तिनिहरूको उमेरमा निर्भर गर्ने डा.पुकार उल्लेख गर्छन् ।

यस्तै तपाइको प्रत्येक मिर्गौला लगभग १० लाख फिल्टरिङ इकाइहरू मिलेर बनेको हुन्छ जसलाई नेफ्रोन भनिन्छ । प्रत्येक नेफ्रोनमा एक फिल्टर हुन्छ, जसलाई ग्लोमेरुलस भनिन्छ, र एक ट्यूब्युल हुन्छ । नेफ्रोनले दुई–चरण प्रक्रिया मार्फत काम गर्दछः ग्लोमेरुलसले तपाईंको रगत फिल्टर गर्दछ, र ट्यूब्युलले तपाई को रगतमा आवश्यक पदार्थहरू फर्काउँछ र फोहोरहरू हटाउँछ ।

आउनुहोस् डा.पुकार चन्द श्रेष्ठ वाट जानौं कुन बानीले मिर्गौला रोगी हुनबाट जोगाउँछ, यो रोगबाट कसरी बच्ने । 

  • स्वस्थ जीवन शैली अपनाउनुस्: यदि तपाइ आफ्नो मिर्गौला स्वस्थ राख्न चाहनुहुन्छ भने, नियमित रूपमा व्यायाम गर्नुहोस् । खासगरी कम्मरमा धेरै बोसो जम्मा हुनुहुँदैन । यसबाट मिर्गौलाको दीर्घ रोगबाट जोगिन सकिन्छ । तपाई हरेक दिन अलि हिँड्ने, दौडने, साइकल चलाउने र नाच्ने जस्ता कुनै पनि गतिविधिहरू गर्न सक्नु हुन्छ ।
  • उच्च रक्तचाप नियन्त्रण गर्नुहोस् : उच्च रक्तचापले मिर्गौलालाई समेत हानी पुर्याउँछ । प्रत्यारोपण केन्द्र मा उच्च रक्तचापले गर्दा मिर्गौला फेल भएर प्रत्यारोपण गराउने हरू पनि उल्लेख्य मात्रा मा छन । त्यसैले रक्तचाप नियन्त्रणमा राख्नुहोस् । सधैँ रक्तचाप जाँच गरि राख्नुहोस् र नियमित रूपमा औषधि खानु होस् । यदि रक्तचाप उच्च छ भने स्वस्थ आहार पनि लिने गर्नुस् ।
  • रगतमा चिनीको स्वस्थ मात्रा कायम राख्नुस्ः रगतमा चिनीको मात्रा बढी भएमा मृगौलालाई असर गर्छ । मधुमेहबाट पीडित व्यक्तिहरूमा मिर्गौला बिग्रने खतरा बढ्ने गरेको छ । जब शरीरमा ग्लुकोज बढ्छ, मिर्गौलाले रगत छान्न कडा मेहनत गर्नुपर्छ । त्यसैले ब्लड सुगरलाई नियन्त्रणमा राख्नुहोस् ।
  • स्वस्थ आहार लिनुस्ः यदि तपाइ आफ्नो मिर्गौला लाई स्वस्थ राख्न चाहनुहुन्छ भने, स्वस्थ आहार लिनुहोस् । यसका लागि कम सोडियम, पोटासियम र फस्फोरस भएको खाना खानुहोस् । मिर्गौला लाई हानी पुर्याउने चीजहरूबाट टाढा रहनुहोस् । ताजा र कम सोडियम भएका तरकारीहरू जस्तै काउली, ब्लुबेरी, माछा र सम्पूर्ण अन्न आफ्नो आहारमा समावेश गर्नुहोस् । धेरै बढी प्रोटिन सप्लिमेन्ट नलिनोस् । उच्च मात्रा मा नुन सेवन नगर्नुस् । विना चिकित्सकीय सल्लाह दुखाइ नाशक औषधिको उपयोग नगर्नुस् ।
  • प्रशस्त मात्रामा तरल पदार्थ पिउनुहोस् : पानी मिर्गौलाका लागि धेरै महत्त्वपूर्ण हुन्छ। स्वस्थ रहन दिनमा कम्तीमा ८ गिलास (३ लिटर भन्दा बढी) पानी पिउनुपर्छ । पर्याप्त मात्रामा पानी पिउनाले मिर्गौलालाई फाइदा हुन्छ । यसका कारण मिर्गौलाले सोडियम र विषाक्त पदार्थलाई सजिलै शरीर बाहिर निकाल्छ ।
  • धूम्रपान नगर्नुस्ः धूम्रपान गर्नाले शरीरको रक्त नलीलाई हानी पुर्याउँछ । जसले सम्पूर्ण शरीरमा रगतको प्रवाह कम हुन थाल्छ । विशेषगरी मिर्गौलामा । यसका लागि तपाई ले धूम्रपान नगर्नु महत्त्वपूर्ण छ । यद्यपि, यदि तपाइ धूम्रपान गर्दै आउनू भएको छ र तपाइले धूम्रपान गर्न छोडे पछि समेत मिर्गौला लाई स्वस्थ हुन धेरै समय लाग्छ । अध्ययनहरूमा यो पनि देखिएको छ की मिर्गौला रोग भएकाहरूमा वा हुने सम्भावना भएकोमा धुम्रपानले गर्दा मिर्गौलाको कार्यक्षमता कमी तिव्र गतिले हुन्छ ।
  • वर्षमा एक पटक मिर्गौला परीक्षण गराउनुस्ः मृगौला रोगहरू प्राय लुकेका र गम्भीर हुन्छन। अन्तिम चरणमा नपुग्दा सम्म उनीहरूमा कुनै लक्षण देखा पर्दैन । मिर्गौला रोगहरू रोक्न र छिट्टै निदान गर्ने सबै भन्दा शक्तिशाली तर प्रभावकारी तरिका भनेको नियमित मिर्गौला जाँच गराउनु नै हो । मधुमेह, उच्च रक्तचाप, मोटोपना र मिर्गौला रोगको पारिवारिक इतिहास सहित उच्च जोखिम भएका व्यक्तिहरूको लागि वर्षमा एक पटक मिर्गौला जाँच गराउनु आवश्यक छ । उसो ४० वर्षको उमेर पछि नियमित रूपमा मिर्गौला जाँच गराउनु पर्छ । मिर्गौला रोग र यसको निदानको लागि सबैभन्दा सरल विधि वर्षमा एक पटक रक्तचाप नाप्नु, रगतमा क्रिएटिनिन नाप्नु र पिसाब परीक्षण गराउनु हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!